Posted by: Birkhe_Maila July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ओहो सान्नानी? आयौ बा? क्यार्दै छौ? घरमा सपै बेसै होला के रे? बिस्कुन सुकायौ? यो बर्खा मासमा एसरि घाम लाया दिन नि बिरलै हुन्छ बा सुकाइआल। अन्खेरुन, तिम्रा हजुरवाले गैरि खेत निखने? कि साइँलो ले अरपाटि पठा पैसोले निखन्न पुएन? बोडिमा लाइ लाओ यो बर्ख भन्ते बुडा ओखति छरेउ कि छरेनउ? हाम्रा त बोडि नै परेन ओखति छर्ने टन्टै परेन। सानि छोरि कत्रि भइन? कत्तिको बात मार्ने भइन? कालो टिका लाइदिनु बा, आँखो लाम्छन दुस्टहुरले! गुन्द्रि बुन्यौ? बुन्या भ' एउडो गुन्द्रि हामिकाँ पठाइदेऊ त बा! पराल सक्केर बिजोग भ' छ हाउँरो! तिल्के गोरु बिरामि भा ठिक भओ?

 

Read Full Discussion Thread for this article