Posted by: ritthe July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

तिमी जुन रहरले म मा फुल्न आयौ
सबै सुख हराए सधैं चोट पायौ
म डुब्नु किनारा, कहाँ हास्न सकुं
ब्यर्थै तिमीले मेरो हात समायौ

बैशालु ती तिम्रा रहरहरुमा न मैले कहिले हरियाली कोरें
रक्ताम्य ती तिम्रा अधरहरुमा न मैले कहिले खुशीयाले पोतें
र शायद रिसायौ तिमी भित्र भित्रै, न भित्री तिम्रा खुल्दुली सोधें 

रुझे  हुन ती तिम्रा पलक र आँखा म संग कहिले ईशारा नबोल्दै
रुखे हुन ती तिम्रा यौबन र भाखा म संग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैंशलाई जो सुन्यता संगै बिलाए म जस्तै

Read Full Discussion Thread for this article