Posted by: susma manandhar July 14, 2008
kistabandiko maya
Login in to Rate this Post:     0       ?        
कीस्ताबन्दी को माया
    सुस्मा मानन्धर

 कस्लाई रहर हुँदैन र
चखेवा र चखेवी झै
डुबेर माया मा
एक अर्कालाई नीयाल्दै
एकाधीकार सँग
एक्लौटी माया पाउने ।
वाध्यता को बर्बर बर्तमान
कती बीबस छु
तीमी लाई थोक्मा माया गर्ने
आफ्नो रहर समेत
खुद्रामा ढाल्नु परेको छ ।
मेरो यो
टुक्राहरुमा तीमी लाई
तीर्दै गरेको माया
कती टुक्रामा बाँडेकी छु
के तीमी सँग कुनै हीसाब छ <
सम्बेदनशील एउटा माया
टुक्रा टुक्रा मा
कुनै ब्यापारीक् योजना को
मात्र कीस्ताबन्दी बनेको छ ।
अचेल थोक्मा माया गर्ने
फुर्सद नै पो कस्लाई छ र
हर्दीन् को भाग्दौड्को नीयतीमा
अफीस र घर
घर र अफीस
अलीकती उबारेर समय
माया गर्नु पर्ने वाध्यता
तीमी लाई गरीएको मायाको
सम्बोधनमा
तीम्रो प्रतिकृया नकुर्दै
ग्यास्को लागी कुर्नु पर्ने
कुद्नु पर्ने
पानीको लागी
बस्नु पर्ने लामो लाइन ।
फेरी भएन
तरकारीको जोहो
भान्छामा तातो लाग्यो लागेन
हेर्ने को <
मन्मा रहर्को बल्छी थापेर पनी
सखारै उठनु पर्छ
कतै धारा मै पानी आउन्छ की ।
तीम्रो अंगालोमा
तीमी लाई मात्र एउटा
हतार्को चुम्बन
फेरी अर्को कीस्तामा चुकाएकी छु
सुत प्रीय भोली चाडै उठ्नुछ
धारामा पानी न आए
फेरी छीमेकी कहाँं पुग्नु छ
फेरी छीमेकी कहाँं कुद्नु छ ।।

Last edited: 16-Jul-08 09:04 AM
Read Full Discussion Thread for this article