Posted by: Rahuldai July 14, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        

"मन" हुनु त जगियाको जस्तो!!!

अन्तिम भाग

जाँड पानीमा मात्तिए पछि पात्तिन्छन् भन्छन्, जगिया नशा  मातिएको होस् मा हो या बेहोस् मा लज्जो भए ठाउंमा  फर्कियो। जगिया मान्छे न हो, यौबनले काउकुति लगाउछ नै। पाप चिताएर  लज्जोलाई  फकाउन कुचेष्टा गर्न थाले। अध्यारोमा जगियाले लज्जोको आखाबाट् झरिरहेका बलिन्द्रा आहतहरु देखेन। जगिया को छाडा ब्यबहारमा उनि अझै मर्माहत भइन्। निशब्द आँशुहरु  चिच्याउन थाले पछि जगियाले पिएको २ पाउच श्री रमको होस् ठेगानमा आयो।

निर्जन-एकलास ठाउमा एक्लो नारी रम्न पक्कै आउदैनन्, उ भित्रको मनवता  जाग्यो। सुस्तरी, जगियाले लज्जो यसरी आफ्नो अस्मिता धरापमा पर्ने गरी किन आएकि भनेर बेलि बिस्तार लगाउन खोज्यो। सुरुमा केहि बोल्दै नबोलि बसिन्। तर निक्कै बेर् सम्म जगिया ले हार् न माने पछि लज्जो ले आफु किन यसरि असाहय भै भौतारिएकि  भनेर सुक्सुकाउदै सुनाइन्।
 
"घरबाट निकालिएकी, आत्महत्या गर्न निस्केकी तर कराणबस त्यो पनि हिम्मत जुटाउन न सके  पछि अलपत्रमा परेकी" जगिया ले यति मात्र बुझे। जगिया भित्र को आत्म जाग्यो र लज्जोलाई त्यहाबाट आफ्नो डेरामा लिएर आए। एउटा मात्र कोठा भएकोले जगिया आफु बाहिर् खाटिया सुत्ने गरी लज्जोलाई कोठा भित्र आराम गर्ने ब्यबस्था गरिदिए।

त्यो रात जगिया नशाको सूरमा चिर निद्रामा सुत्यो। बाहिर् खुल्ला हावामा सुतेकोले होला, एका बिहानै प्राक्रितिक संगितको धून मै निद्रा खुलेछ। झल्यास्स सम्झे छ, आफु बाहिर खटियामा सुत्नुको कारण। लज्जो सम्झ्यो , लज्जो को बारेमा सोच्न थाल्यो। जब पूर्बी क्षितिजमा लालि चढ्यो, लज्जोलाई उठाउन भनि कोठा ढक्ढक्यायो। लाज्जो पनि शायदै निदाएकी थिइ। गिद्द स्यालहरुबाट लुछिन जोगिएकीले लज्जोमा पीडा भन्दा कान्ति बढि झलिन्थ्यो।


ढोका खुल्लै रहेकोले जगिया भित्र गएर स्टूलमा थचक्क बसे, के गरौं कसो गरु भएकोले चिया बसल्न जण्डिस्  स्टोभ बाले। एक् गिलास् चिया लज्जो लाई दिदै, लज्जोलाई के भको किन यसरी एक्लै हिडेको भनेर सोध्न थाले।
*********************************************************************************

लज्जोको बिहे १ बर्ष पहिले पल्लो गाउं पकडि मा राम लखन सित भएको रहेछ। दहेजको कारण घर र माइत्ति को सम्बन्ध बिग्रिनु यो क्षेत्रमा घर् घर् कि कहानी थियो। राम लखन धन कमाउने लोभमा कालि कालि हिस्सि परेकी लज्जो लाई छाडेर अरब हिडेको, माइतीबाट ल्याको २५ हजार सहित। भारी मनले बिदा गरी जेनेतेन घरजम गरी बसेकी लज्जो माथी असह्य  बज्रपात तब पर्यो जब लज्जोको शारीरिक बनावटमा गर्भमा रहेको भ्रूणले आफ्नो उपस्थितिको शंखघोष गर्‍यो।

त्यसै त दहेज कम् ल्याएकोमा राम लखनको परिवारको कसिंगर बनेकी लज्जोलाई घरबाट निकाल्ने उत्तम बहाना भेटे, दुष्ट सासु, ससुराले। छोरो अरब गएको मौकामा अर्कैको पाप बोकेकी संगिन आरोपमा  राम लखनको घरबाट जगल्त्याएर निकालिएकी लज्जोको मनले अत्महत्या गर्ने सिवाय अर्को बाटो न देख्नु स्वाभाबिक थियो।

*******************************************************************************

यी सबै कुरा बिस्तारमा सुने पछि जगिया भित्र को मानवले क्रान्तिकारी छलाङ्ग लागाउने घोषणा गरे। ६ महिने गर्भ बोकेकी लज्जोलाई श्रीमती बनाउने उदघोष गरे।  हाकिम् साहेबको क्वार्टर्मा गएर जगिया ले बिन्ती गरे।
" में शादि बनाने जा रहा हुं, साहेब, २-४ सौ उधार् बक्स् किजिए।"

"कहिले जगिया, कहिले शादि गर्ने? को संग?  हाकिम आश्चर्यचकित भाव सोध्दै थिए।
अभि सर्, १० बजे, तौलेश्वर मन्दिर में, उहाँसे म्युनिसिपालिटी मे सार्टिफिकेट् बनानेको ।"

शाक्य सर् ले केही बुझ्न न पाउदै, म आफै आउछु, तेरो बिहेको खर्च मेरो भयो, र दुलहीलाई राम्रो लुगा किन्दिनु भनी हजार् को नोट दिनु भयो।

तौलेश्वर महादेबको प्राँगणमा कार्यालयका कर्मचारीहरुको रहोबरमा जगियाले कहिलेइ नमेटिने सिन्दूर् ले लाज्जोको सिउंदो भरि दिए।

त्यसको ३ महिना पछि लज्जोले किशनलाई जन्म दिइन्।

********************************************************************************


यही को जगिया को मन को कथा। कसैले लत्याएकी नारी लाई ह्रिदयको धडकन बनाउने मन हो जगिया को। अर्कै पापिको निशानीलाई आफ्नो प्राणभन्दा प्यारो संझिने र माया गर्ने मन हो, जगिया को। यो स्वार्थी दुनियामा निस्वार्थ माया को रुप हो जगिया को मन।

कपिलवस्तु जिल्ला बसाई मेरो लागि अबिस्मरणिय जगिया को कारणले मात्र रह्यो। अन्यथा सधै सर्प, गोमनको कारण हल्लिएको मन बोकेर बस्नु सकस् नै थियो। चार् पाँच महिनाको बसाई पछि बिभागको काम बिशेषले काठमाडौ जाने भएं। महानिर्देशज्यूलाई कपिलवस्तुबाट सरुवा गरिदिन आग्रह गरेको थिएं। सरले हुन्छ, पहिला काठमाडौ आउनुस्, हेरौला भन्नु भएकोले शायदै फर्किन्छु भनेर कपिलवस्तुलाई बिदा गर्ने तरखरमा थिएं। काठमाडौ जाने साँझ, जगिया मेरो क्वार्टरमा आए। निन्याउरो मुख बनाएर बसेकोले किन म फर्किन्न जस्तो लाग्यो तिमीलाई भनेर सोधें।
"नही साहेब, फिर् भि आप  जा रहे है, इस लिए।"
 उसले मानौ मेरो मनको कुरा बुझे जस्तो लाग्यो, मलाई फेरि यता फर्किने मन छैन भनेर। 

नाइटबस को टाइम भयो। सबै संग बिदावरी गरें। एक हफ्ता मा फर्किन्छु कि भन्दै अनिस्चित भबिष्यतको संकेत पनि दिएं। फर्किनु पर्ने पनि हुन सक्ने भएकोले आफ्नो लत्ताकपडा सबै लिएर जान मनासिब लागेन। एउटा सानो झोला लिएर  बस् स्टप तिर लागें, जगिया ले मेरो झोला बोक्दै बस् स्टप सम्म पुर्‍याउन आए।
 साहेब जरुर् वापस् आइए, उस्को आग्राहमा जिवन्त अनुरोध  थियो। मैले बस चढ्न अघि भनें, "फर्किन त फर्किन्छु होला, तर फर्किन भने मेरो कोठामा भएको भाडाकुडा र लत्ताकपडा तिमी राख, मन परेन भने गरीबलाई देउ। फर्किन भने पनि जगियालाई कहिलेइ बिर्सने छैन "

उ निशब्द बस बिस्तारै गुडेको हेरिरह्यो,आँखा कहिलेइ नदेखेको आँशु लुकाउने प्रयास संगै हात हल्लाइ रह्यो। एकै छिनमा ओझेल भयो जगिया, तर मन जगिया अझै झलझलि आइरह्यो र आज यो कथा मा शब्द भरुन्जेल जगिया मेरै छेउमा आफ्नो सुखद जीवनको ब्रितान्त सुनाइरहेको जस्तो लाग्यो।

अस्तु!!!!!!!!!!!!

 

Read Full Discussion Thread for this article