Posted by: Birkhe_Maila July 14, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        
कथा अगाडि बढाउन एउटा सानो पाटो-


आज बिहानै देखि चेलिमायाको मन हलुका थिएन। मंसिरमा बिहे गरेर यो गाउँमा आएदेखि नै उसको मन कहिले रमाउने र कहिले दुख्ने भैरहेको थियो। छ महिना भन्दा बढि भैसकेको थियो बिहेको, तर पनि उनलाई कहिले आफ्नो लोग्ने अत्यन्त मायालु र उनको हेरचाह गर्ने मरिमेट्ने लाग्दथ्यो त कहिले नितान्त अपरिचीत तथा कडा। उनि सकेसम्म पति र घरका अरु सदस्यलाई खुसि बनाउने भरमग्दूर कोशीस गर्दथिन तर निकै पटक उसलाई कसैले नबुझिदिँदा उनको मन रुने गर्दथ्यो र सात डाँडापारिको आफ्नो माइती सम्झेर एक्लै धुरुधुरु रुन्थिन्।

उनको आँखा खुल्यो। बाहिर झलमल्ल घाम लागिसकेको रहेछ। उनि झस्केर जर्याकजुरुक्क उठिन्। खाटको छेऊमा हेरिन्, श्रीमान अघि नै उठेर बाहिर गइसकेका रहेछन्। उनि धेरै नै डराइन्। हिजो राति अबेर सम्म पनि घरधन्धा सकिएको थिएन। पाहुनाहरु आएका  थिए र सबैलाई पकाएर खुवाउँदा भात सकिएको थियो। फेरि दोश्रो पटक पकाएर खाँदा र लोटउँदा र भाँडा माझ्दा धेरै नै राति भैसकेको थियो र थकाईले उनको शरीरको जोर्नी जोर्नी दुखेको थियो। कोठामा सुत्न आइपुग्दा उनका श्रीमान अघि नै निदाइसकेका थिए र उनि यसो पल्टेकी मात्र के थिइन, बस् अहिले मात्र निद्रा खुलेछ।

 

बाहिर घाम नै लागिसकेको थियो र श्रीमान उनि भन्दा पहिला उठेर बाहिर गएका थिए। सासुको कटाक्ष, श्रीमानको रिसपूर्ण हेराई र नातेदार पाहुनाहरुले कुनै अर्कै ग्रहबाट आएको प्राणीलाई हेर्ने जस्तो हेराइ अवश्यंभावी थियो!

हतार हतार लुगा मिलाउँदै ऊनि लिस्नोबाट तल ओर्लिइन्।

अँगेनामा केहि तात्दै थियो, धुँवाँले सम्पूर्ण घर ढाकेको थियो। सबै पाहुना वरिपरी झुम्मिएका  थिए र उनकि सासु अँगेनामा तेल तताउँदै आफ्नो पुरानो बाथमा मालिश गर्दै थिइन्।

ऊ महारानी उठिबउसिओ!

सासुको तिखो बोलिले उनको मुटु घोच्यो। उनका पाइला लिस्नोको आखिरी खुट्किलो सकिँदा हल्का लड्खडायो। उनले कसैको अनुहार हेर्न सकिनन्। उनलाई लाग्यो सबै उनिलाई हेर्दै मनमनै हाँसिरहेका छन्।

उनि बाहिर निसक्न ढोकातिर बढिन्।

ब्यान देखुन भैँसि करार कुँडो म बुडिले बल्ल बल्ल तताम्न परो! ब्वारी नभा घर जस्तो आँगन नि मै रोगि बुडिले बडार्नु परो। कलिजुग लाग्या भन्या एइ रेछ, एस्तो भो भने छिमेकीले नि सराप्छन्! यो बुडेसकालमा एत्रो दुख त बाँझि आइमाइलाई नि पर्दैन, घरमा ब्वारी भा नभा कुनै फरक नाई!

सासु फत्फताउन थालिन्। सासुको फत्फताईमा उनको उमेर, उनको जीवन भोगाई र उनको सामाजीक मान्यता अनुसार बुहारी प्रतीको रिस केहि र सासु र बुहारीको कर्तव्य प्रतीको कटाक्ष बढि थियो। तर चेलिमायाको निर्दोष र नयाँ अनुभवमा यसले कुनै तिखो विषालु शूलको काम गरेको थियो। उनि केहि बोलिनन्। बाहिर निसक्ने बेलामा अनायाशै उनि पुलुक्क आफ्नो पतीलाई हेर्न पुगिन्। पतीको आँखामा उनले प्रेम भेटिनन्। उनलाई सधैँ झैँ नरमाईलो लाग्यो।

बाहिर तीनवटा खालि गाग्रिहरु थिए। नजिकैको डोकोमा एउटा गाग्री हालिन्। डोको बोकिन्। अर्को गाग्री दाहिने हातले उचालेर डोकोमा गाग्री माथि राखिन् र गाग्रिको मुख दाहिने हातले समातेर अड्याइन्। देब्रा हातले तेश्रो गाग्री उचालेर देब्रे कम्मरमा अड्याएर तीनवटै गाग्री बोक्दै पँधेरातिर लागिन्।

सासु, ससुरा र घरका अरु सदस्यहरुलाई जति खुसि बनाए पनि त्यो खुसि सदैव कायम राख्न गाह्रो थियो; उनले बुझेकि थिइन्। उनलाई सबै भन्दा पिडा उनको पतीको उनी प्रतिको व्यवहारमा पर्दथ्यो। प्राय: राति सुत्ने बेलामा पतीको व्यवहार र बोली सधैँ उस्तै भए हुन्थ्यो भनेर उनको मनले भन्दथ्यो र त्यो समयमा उनलाई उनि पतीको प्यारि लाग्दथ्यो र उनको आत्तिएको मनले केहि शन्ती पाउँथ्यो। तर लगत्तै बिहान उनको पतीको व्यवहार उनिलाई फरक लाग्दथ्यो र उनि आहत बन्न पुग्थिन्।

यो जीवन न त उनले कल्पना नै गरेकी थिइन् न त उनि यसको लागि तयार नै थिइन्। उनलाई बस् यति याद छ मिठा मसिना सपना बुन्दै गरेको उनको जिवनमा उनको बुबाले एकदिन हँसिलो मुहार लिएर वैवाहीक जीवनको परिचय दिनु भन्दा पनि पहिला, बिहामा होमिदिएका थिए र फगत स्विकार्नु बाहेक उनिसंग अरु कुनै विकल्प थिएन।

कुनै दिन सबैकुरा ठिक हुने आशामा उनि दिन गुजार्दै थिइन। आजकल उनको मनमा कुराहरु धेरै खेल्न थालेका थिए। यस्तै मनमा कुरा खेलाउँदा खेलाउँदै उनि कतिबेला पँधेरा आइपुगिन उनलाई पत्तै भएन। पँधेरामा सबु नुहाइराखेकि थिइन्; आफ्नै किसिमले स्वच्छन्द किसिमले। उनि पँधेरातिर बढ्दै थिइन र कुनै समयमा आफू पनि शबु जस्तै चंचल र स्वतन्त्र थिएँ भन्ने कुरा सोच्दै त्यो गुमेको समय अब फर्केर आउँदैन भन्ने तितो सोचाईका साथ पँधेरा पुगेकि मात्र के थिइन् कुनै चट्टान जस्तो बलियो जिऊमा उनि एक्कासि ठोक्किन पुगिन्। उनले बोकेका दुवै गाग्रि उछिट्टिएर यताउता बजारिन पुगे र उनि बोकेको डोको र गाग्रि सहित कसैसंग अल्झेर नराम्रोसंग लड्न पुगिन पँधेराकै छेऊमा।

उनको मुखबाट एक चीत्कार निस्कियो। दीप उनि माथि लडेको रहेछ। उनलाई पिडा, सास्ती र लाज र डर एकैपटक आयो। उनले बल गरेर दीपलाई आफूबाट हटाइन् र हतारिएर उठ्न खोजिन् तर सकिनन्। उठ्न खोज्दा उनको दाहीने खुट्टामा पिडाको तीव्र लहर दौडियो र उनि थुचुक्क बसिन्।

 

 

 

शबु केहि लाजले खुम्चिँदै त केहि दीपले हेरिरहेको छ भन्ने कल्पनाले आत्तिँदै एकोहोरो किसिमले कपालमा फगत पानी थाप्दै थिइन र उनका हातले बस कपाल मिचेको जस्तो गर्दै थियो। उनि पँधेरामा थिइनन्, शायद कतै कुनै संसारमा लाज, रोमांच र मिठासले भरिएको विमानमा उड्दै थिइन्। उनलाई थाहा पाउन मन लाग्यो दीप के गरिरहेको छ भनेर। उनले निकै बलपूर्वक टाउको धारोबाट अलिकता छेऊमा ल्याइन र दुवै हातले कपाल मिचेको जस्तो गरेर आँखाबाट हल्का हटाइन र पँधेराको डिलतिर हेरिन्। दीप त्यहाँ थिएन! उन्ले टाउको अलिकता घुमाउन लागिन् यत्तिकैमा ठूलो आवाज आयो। केहि कुरा ठोक्किएको र गाग्रि भुईँमा बजारिएको। उनी सिधा भइन र आवाजको दिशामा हेरिन्। दीप चेलिमाया संग नराम्ररी ठोक्किएको थियो। गाग्रि भुईँमा यता उता गड्दै थियो र दीप र चेलिमाया भुईँमा अल्झेर लडेका थिए। दुँवैजनाको मुखबाट पिडामिश्रीत चिच्याहट निस्केको थियो। पानीले भिजेको भुईँ चिप्लो थियो र ठाउँ ठाउँमा ढुङ्गाहरु थिए। थाहा छैन कुन बलले हो, कुन आकर्षणले हो वा कुन मानवताको भावनाले हो शवु दौडिएर चेलिमाया र दीप लडेको ठाउँमा पुगिन्।

उनले देखिन् चेलिमाया दीपबाट अलग्गिएर उठ्ने कोशिसमा थिइन तर सफल भइनन्। उनि चेलिमायालाई उठाऊने बिचारले अगाडि बढिन् तत्कालै उनको नजर दीपतिर गयो। दीप भुईँमा लडेकै थियो र उसको निधारबाट रगत बग्दै थियो, उ पिडाले आँखा आधि मात्र खोलेर शबुलाई हेर्दै थियो।दीपको मुहार, असक्तता र रगत देखेर शबुको मन उमडियो। उनि दौडेर दीप नजीक गइन र उनको हातले अनायाशै दीपको घाउको गहिराई बुझ्न थाले। घाऊ त्यति गहिरो थिएन र रगत हल्का बगेको थियो। अनायाशै कुन शक्तीले हो शबुले आफ्नो भिजेका हातले दीपको निधार सुम्सुम्याइन् उनलाई दीपको घाऊ ठूलो लाग्यो। राता रगत बगेकोमा उनलाई भित्र कता कता पिडाको अनुभव भयो। उनले दीपको मुहार हेरिन्। दीप उसलाई टुलुटुलु हेरिरहेको थियो। अहिलेको दीपको हेराई शबुलाई मिठो लाग्यो, माया लाग्दो लाग्यो। उनलाई दीपको घाऊ दुख्न थाल्यो। उनले बिर्सिन् उनि एकसरो लुगा मात्र लाएर भर्खरै नुहाउँदै थिइन्। उनले बिर्सिन् दीपले उनलाई सधैँ हेर्दा उनलाई धेरै रिस उठ्छ। उनले बिर्सिन् यसरी अरुलाई क्वार्क्वार्ती हेर्ने मान्छेको नजिक पर्नु हुन्न। कुनै शक्ती थियो त्यो जसले उनका हात दीपका निधारमा सल्बलाऊन बाध्य बनाइरहेका थिए। उनि थुचुक्क भुईँमै बसिन् र दीपको निधार छुँदै उनि हुर्केदेखि उनको हृदयमा लुकेको मायाको भाव आँखामा ल्याउँदै सोधिन्-

धेरै दुख्या छ हो?

शबु आएर दीपतिर झुके देखि नै दिपको सम्पूर्ण दुखाई थाहा छैन; कतै हराएको थियो। सबैकुरा निकै छिटो छिटो भएको थियो। उसलाई बिश्वास गर्न गाह्रो भैराखेको थियो कि ऊ केवल लडेको थियो र निधारमा सानो चोट थियो र त्यसको पिडा उसले शबुको आँखामा देखिरहेको थियो।

छ्छ्छैन अलि अलि हो!

दीपलाई शबुको स्पर्ष कुनै मिठो संगित जस्तो लाग्दै थियो! उसले अनुभव गर्यो उसको बायाँ छातिमा शबुको भिजेको लुगा परेको थियो र त्यसले उसलाई शीतलता दिँदै थियो। सबैकुरा सपना जस्तो लाग्दै थियो।

क्यारि लडेउ तिमारु???

कसैले बोलेको सुनेर दीप र शबु दुवै यथार्थमा आइपुगे।

माष्टरनी चेलिमायालाई उठाउने कोशीस गर्दै थिइन् र सान्नानी टुलुटुलु कहिले दिपलाई, कहिले शबुलाई र कहिले चेलिमायालाई हेर्दै थिइन।

-------
Read Full Discussion Thread for this article