Posted by: Brain Malfunction July 13, 2008
बिहेका लागि नर्स
Login in to Rate this Post:     0       ?        

बिहेका लागि नर्स

सरिता श्रेष्ठ

केटा अमेरिकाको ग्रिन कार्ड होल्डर । नर्सर्र्केटी चाहियो बिहे गर्नलाई अनि बिहे गरेपछि अमेरिकै लाने रे । अमेरिकामा बस्ने आफन्तले दैनिकजसो फोन गरेर यही खोजीनिति गरिरह“दा समाजमा नर्सहरूप्रतिको आकर्षा किन बढिरहेको छ केलाउन मन लाग्यो ।

छोरीहरूको एक्लो मर्यादित पेसाका रूपमा स्थापित भइरहेको यो पेसामा संलग्नहरूको आम्दानी, रहनसहन र विशेषगरी सहज वैदेशिक रोजगारको उपल्लो पेसामा प्रतिस्थापित यो पेसाको मुख्य आकर्षा एउटा शब्दमा भन्नुपर्दा- पैसा नै हो । त्यसपछि विदेश जान सजिलो पेसाका रूपमा पनि यो पेसाले ख्याति कमाउन थालेको छ ।

अमेरिकी जीवनशैली अ“गालेका युवा देश फर्किरहेका छन् नर्स बिहे गर्नलाई, किन त - निश्चित रूपमा अमेरिकी जीवनशैली धान्न उसको कमाइले मात्र पुगिरहेको छैन । उसको कमाइमा बढोत्तरी गर्न, विदेशी जीवनशैली थप सुविधायुक्त बनाउन र यी यस्तै आवश्यकता पूरा गर्न नर्सहरूको कमाइ मुख्य आकर्षाको केन्द्र भएको छ अमेरिकालगायतका देशमा पुगेकाहरूलाई । यस्तो आकर्षा अहिले विदेशमात्र होइन देशभित्रै पनि महसुस गर्न थालिएको छ ।

निश्चित रूपमा नर्सहरूको आकर्षाले समाजका अधिकांश तह र तप्कालाई कुनै न कुनै रूपमा छोइरहेको छ । छोरीलाई नर्स पढाउनेको बढिरहेको जमातले पनि यही सत्य बयान गरिरहेकै छ ।

समाजको वर्तमान पुस्ताले बुझेको नर्सहरूको यो वास्तविकतामा सत्यता रहे पनि त्यही पुस्ताले नबुझेको नर्सहरूको वास्तविक पाटो यो पनि हो कि नर्सिङ पेसामा लागेकाहरूको जीवन बिरामीका लागि समर्पित हुन्छ । नर्स बिहे गर्छु भन्नेहरूले बुझ्नुपर्ने यथार्थ भनेको नर्सहरूको पेसा, पेसामात्र नभएर र्समर्पण पनि हो । आफ्नो महत्त्वपर्ूण्ा समय बिरामीलाई सुम्पेर बा“की रहेको थोरै समय परिवार र आफन्तका लागि छुट्याउन बाध्य हुन्छन् नर्सहरू । छोरी नर्स भएका परिवारकाहरूले त यी सबै वास्तविकतालाई बुझेका हुन्छन् तर नर्सको दैनिकीलाई नबुझेकाहरूलाई यो सत्यस“ग एकाकार गराउनैपर्ने हुन्छ । पेसा र परिवारबीचमा सानो असामन्जस्यताले पनि ठूलो समस्या सिर्जना हुने सम्भावनालाई आ“कलन गर्दा नर्सलाई जीवनसाथी बनाउनेहरूले कम्तीमा दर्ुइपटक त सोच्नैपर्ने हुन्छ ।

न दिन न रात अनि न घर न परिवार यो पेसाको वास्तविकता भनेकै यही हो कि आफ्ना लागि भन्दा पनि अरूका लागि बा“च्ने यो पेसाकर्मीहरूले पाउने छोटो समयको व्यवस्थापनमा बिहेपछि ठूलो विरोधाभासको सामना गर्नुपर्ने सम्भावना धेरै हुन्छ । दैनिक विभिन्न प्रकारका सयौं बिरामीको व्यवस्थापन गर्नेहरू स्वाभाविक रूपमा तनावमा बा“च्ने गर्छन् । तनावको यो शृंखला घरपरिवारमा पनि दोहोरिए, नर्सहरूको जीवन स्वाभाविक हुन सक्छ

र - परिवारलाई समय व्यवस्थापन गर्न नसक्दा अधिकांशले बेहोरेको पारिवारिक तनावका कथा पनि त बग्रेल्ती

हामीसामु पोखिएका छन् नि । त्यसैले नर्स बिहे गर्छर्ुुन्नेहरूले पनि आफ्नो समयको केही अंश पनि बिरामीहरूका लागि छुट्याउनुपर्ने हुन्छ श्रीमतीका लागि भए पनि ।

सातामा ३ दिन रातको ड्युटी, लिनपुर्‍याउन जाऊ, कतै रमाइलो गर्न जाऔं सिफ्ट ड्युटीको रोकावट अनि कल ड्युटीको समयमा रातबिरात अस्पताल पुग्नुपर्ने चटारोलाई सबैले सहज रूपमा आत्मसात् गर्न सक्छ र - यसलाई सहजताका रूपमा अ“गाल्न सक्ने श्रीमान् वास्तविकतामा असल श्रीमान् हुन सक्छन् नर्सहरूका लागि । त्यो सहजता पछाडिको त्यागले, निश्चित रूपमा नर्सको आम्दानी भन्दा पनि ठूलो महत्त्व राख्छ, भावनात्मक रूपमा । सहजता स्विकार्नेहरूका लागि यो पेसाबाट प्राप्त हुने आम्दानी गौण

भएर जान्छ । यो सत्यस“ग सबै एकाकार भए हुन्छ ।

अमेरिकालगायत विदेशमा बस्नेहरू आफ्नो जीवन सुखद बनाउन किन नर्सहरूको बर्ुइ चढ्नुपर्ने । ग्रिनकार्ड कुन त्यस्तो भाग्यशाली चिट्ठा हो र नर्सहरू त्यसको आकर्षाले पछि लाग्नुपर्ने - आफ्नो पौरखमा बा“च्न र परिवार पाल्न नसक्नेहरूको खोक्रो धाकले धानिन्छ र जीवन सधैं - नर्सका लागि म कि मेरा लागि नर्स - श्रीमती चाहिएको कि र्

नर्स - बिहे गर्न नर्स नै किन - यी विकसित भइरहेको प्रवृत्तिजन्य आकांक्षाका विरुद्धमा यी यस्ता धेरै विरोधाभासयुक्त प्रश्न जन्मिरहेका छन् समाजमा तर सबै चुप छन् ।

प्रश्न त आमअभिभावक अनि छोरीहरूलाई पनि । अमेरिकाको आकर्षा केही होइन । अमेरिकाको नामै सुनेर छोरी दान दिनेहरूले पनि वास्तविकताको यो उपक्रमलाई राम्रैस“ग आत्मसात् गर्नैपर्छ । नर्सिङ पेसामा होमिएका छोरीहरू समाजका लागि जिउ“छन् । उनीहरूलाई एकलका“टे, व्यक्तिवादी समाजमा रमाएका र आफ्नो लागि मात्र सोच्नेहरूको जिम्मा लगाइदि“दा कतिजनाको जीवन बर्बाद हुन्छ सबैले गम खानर्ुपर्छ नि होइन र - यसो भनिरह“दा सबै अमेरिकालगायत विदेशमा बस्नेहरू त्यही प्रवृत्तिका हुन्छन् भन्न खोजिएको होइन । तर विदेशी जीवनशैलीमा घनीभूत रूपमा भौतिकीकरण त भइरहेकै छ । आग्रह यति मात्र हो, विदेशमा बस्नेहरूमा बढिरहेको नर्सहरूप्रतिको चासो पैसाको आकर्षामात्र कदापि नहोस् । नर्सलाई अर्धाङ्गिनी बनाउनेहरूले समाजका अन्य पेसामा संलग्न महिलालाई भन्दा अझ बढी संवेदनशील मान्नुपर्ने हुन्छ उनीहरूलाई ।

अस्पतालमा नर्सहरूको व्यवहार राम्रो भएन, उनीहरू बिरामीलाई हकारपकार गर्छन् भन्ने आम रूपमा सुनिने गुनासो हो यो । उच्च मानवीय संवेदना बोक्छु भन्नेहरूले झर्किनु ह“ुदैन अनि अझ बिरामी सेवामा लागेकाहरू त जहिले पनि मृदु हुनर्ुपर्छ भनिए पनि नर्सहरू पनि त मान्छे हो भन्ने यथार्थलाई बुझी दिनर्ुपर्छ । सबैभन्दा धेरै त श्रीमान्ले अनि परिवारले नर्सलाई बुझ्नर्ुपर्छ । पेसागत बोझ र तनावलाई त उनीहरूले सजिलै व्यवस्थापन गर्न सक्लान् तर पारिवारिक बोझ र तनावले उनीहरूलाई जर्जर बनाउने अनुसन्धानहरूमा उल्लेख भएकै सत्य हो । पारिवारिक तनावले गुणस्तरीय सेवालाई प्रभावित पार्ने भएकाले पनि अस्पतालहरूमा नर्सहरूको व्यवहारका बारेमा चर्चा चल्ने गरेको हो कि - नर्सहरूको सेवा र बिरामीहरूप्रतिको अमिल्दो व्यवहारको कारक कतै श्रीमान् वा परिवार त भएका छैनन् -

बिहेका लागि नर्स रोज्नेहरूले आफू पनि सेवाका लागि तत्पर छु भन्न सक्नर्ुपर्छ । उनीहरूको सेवामा थप सहयोग गर्दै बिरामी र समाजप्रतिको उत्तरदायित्वलाई अझ सुगन्धित बनाउन सक्छु भन्ने त्याग देखाउन सक्नर्ुपर्छ । बुझाइको यही पाटोस“ग सबै एकाकार भइदिए नर्सहरूप्रतिको व्यवहार र उनीहरूको सेवामा थप कान्ति आउने विश्वास लिन सकिन्छ ।

-लेखक वीपी कोइराला स्वास्थ्य

विज्ञान प्रतिष्ठान, धरानकी सिनियर स्टाफ नर्स हुन् ।)

Source: Kantipur Daily

Read Full Discussion Thread for this article