Posted by: bikash kc July 12, 2008
घासी दरीद्र घरको तर बुध्दि कस्तो, म भानुभक्त धनी भइकन आज यस्तो, असार २९ अर्थात भानु जयन्ती
Login in to Rate this Post:     0       ?        
साहित्यिक गतिविधि गरेर आज भानुजयन्ती मनाइँदै
 :: नेपाल समाचार
- अमेरिकादर्पण सम्वाददाता
काठमाडौं, १३ जुलाइ, २९ असार/ १९५ औं भानु जयन्तीका अवसरमा आज देशभरिका साहित्यीक संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । वि.सं. १८७१ मा तनहुँको रम्घामा जन्मनु भएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभुति मानिनुहुन्छ ।

सस्कृत भाषामा रहेको रामायाणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीको मनमा बस्न सफल भानुभक्तको आफ्नो परिचय मोतिराम भट्टले गराएका थिए ।

रामायण बाहेक भानुभक्तले थुप्रै बाङमयको क्षेत्रमा कलम चलाएका थिए । भाषिक एकताकले साहित्यको प्राथमिककालिन एक उत्कृष्ट सर्जकको रुपमा भानुभक्तले आफुलाई चिनाउन सफल भएका छन् ।

नेपाली वाङमयका नेपाली लेखक कविहरुका आधारस्तम्भ भानुभक्तलाई समालोचक एवं अनुसन्धानदाताहरुले विभिन्न दृष्टिले हेरेका छन् । भानुजयन्तीको अवसरमा आज नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानमा साहित्यिक गतिविधि गरिँदैछ ।

http://www.americadarpan.com/news.php?cid=3623
Read Full Discussion Thread for this article