Posted by: crazy_love July 11, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

 

बोक्सीहरुले के के गर्न सक्छन् भनेर सानोमा साथी हरु कुरा गर्थे। लोग्ने मान्छेलाइ आधारातमा कुकुर पनि बनाउछन् भनेर सुनेको थें। अहिले स्वयं साँचिकै बोक्सी भन्दा केहि हात पछाडी छु। उसको मन्त्रले मेरो रिवाल्वर पनि काम नलाग्ने हुन सक्छ। ह्या के तेस्तो चाहिने नचाहिने सोचिराको?  आफैले आफुलाइ भने। "००३" अझै पनि चाइनातिरै हेरिरहेकी थी, केहि नबोली। मलाइ भने उ सङ कुरा गर्ने इक्ष्या लागेन। अब के गर्दी रैछ मैले केहि नभने पछि भनेर कुरि रहें। अचानक मेरो खुट्टामा रग रग साना साना किरा हिड्या जस्तो लाग्यो। नभन्दै कमिला नराम्ररी टोक्यो तिघ्रामा। मैले "ऐया" भन्न पनि सकिन बोक्सी ले सुन्ला भन्ने डरले। मैले अझै पछाडी फर्किन खोजे, खुट्टाहरु उचाल्दै अनि भुइमा बिस्तारी झड्काल्दै एउटा हातले तिघ्राको कमिला माड्दै अर्को हातले रिवाल्वर छाम्दै दुइ पाइला पछि सरें। दोस्रो पाइला राखेको ठाँउमा सिस्नो घारी रैछ क्यारे, झ्याम्म पोल्यो दाँया खुट्टामा। मैले त्यसबेला पोलाइले गर्दा जिउलाइ ब्यालेन्स गर्न सकिन र अझै पछि फर्किन्छु भन्दा ग्वाम्राङ लडें। सिस्नोघारी नजिकै फोहोरको पाँच फिट जति गहिरो ढल बगिरहेको रहेछ। चप्पल कहाँ फुस्क्यो कहाँ, मान्छे पुरै त्यो ढलको फोहोर् पानीमा। अध्याँरोमा मैले आफुलाइ त्यहाँबाट कसरी निस्किने भन्दै संघर्ष गर्न खोजें। जति चल्यो त्यति गहिरो भित्र तान्या जस्तो हुन थाल्यो। मैले चप्पल सप्पल माया मारें, र बिस्तारै भित्ता भित्ता समातेर बिस्तारै माथी आँये। मेरो सम्पुर्ण शरिर त्यो फोहोर पानीको कारण गनाइ रहेकोथ्यो। कतै पोखरी भये पनि चुर्लुम्म डुबेर सफा हुँ जस्तो भयो मलाइ। खाली खुट्टा म सिस्नोले फेरि नपोलोस् भन्दै सतर्क भएर बिस्तारी "अपरेसन ००३" उभिएको ठाँउतिर गएँ। त्यहाँ उ थिन, यता उता सबैतिर हेरें। उ गायब भै सकेकी थी। के उस्ले मलाइ ढलमा खसेको थाहा पाइन? जे भए पनि त्यस्तो बेलामा त सोध्न  आउनु पर्ने नि। के मदत गरुं भनेर? कस्ति स्वार्थी रैछे। म सङ होटेल फर्किनु बाहेक अरु उपाय थिएन। फोहोर शरिर नधोइकन म केहि गर्न नसक्ने भएको थें। सिस्नोले पोलेको खुट्टा पनि झम झमाइरहेको थ्यो। म जे सुकै होस भनेर होटेल फर्कें। लब्बीको केटा मलाइ देखेर छक्क पर्‍यो। केहि सोध्ने आँटै गरेन।


"बिदेशी त अघि भर्खर फर्की।" मेरो अप्ठ्यारो बुझेर उसले भन्यो।


"के रे? एक्लै थी कि अरु पनि कोहि थिए?" मैले केहि नदेखेको जस्तो गरेर सोधें।


"एक्लै थी, मैले कहाँ गएर आको भन्दा नसुने झैं गरेर सरासर माथी गइ।" मेरो टेन्सन हट्यो। म नुहाउने हतारमा थें र त्यो केटोसङ धेरै कुरा नगरिकन आफ्नो कोठामा लागे। त्यसरी आफै जाने आउने मन थ्यो भने मध्यरातमा किन जानु पर्ने त्यसलाइ? बिहान गए हुन्थ्यो। भोलीको साँझ पनि समय बांकि थ्यो नि। बेकारमा अर्कालाइ सिस्नोले पोलाएर, ढलमा खसालेर अझ चप्पल पनि पो हरायो त। भोली बिहानै एकजोर नकिनि भएन। आधा रातमा नुहाएर म सुत्ने चेस्टा गर्न थाले। बिहान भएपछि मात्र निद्रा लाग्यो। त्यो बिहान मलाइ उठ्न मन लागेन, सिस्नोले पोलेको खुट्टा अझै झम झमाइरहेकोथ्यो र राति ढलमा खसेर बजारिदा जिउ पनि दुखिरहेको थ्यो। फोनबाटै सासालाइ मैले "आज मलाइ अलि सन्चो छैन, म होटेलमा नैं आराम गर्छु। तिमीहरु तालिम गर्न जाउ" भने। मैले कोठामा बसेर खाना खाए। दिउसो एकचोटि "च" लाइ फोन गरेको उ ब्यस्त छ भनेर पछि गर्नु भन्यो। प्रतिबेदनमा हिजो रातिको कुरा पनि थपें। बजार गएर एकजोर चप्पल किनेर ल्याएँ। चप्पल किन्दा अर्को "एक्स्ट्रा" पनि किन्नु पर्ने हो कि जस्तो लाग्यो। के थाहा "००३" को पछि लाग्दा कहाँ निर कुन् चप्पल चुंडिन्छ कि हराँउछ्? जे होला होला भनेर एक जोर मात्र किने। त्यो दिउसो अति आराम भयो मलाइ। मैले रितुलाइ सकेसम्म नसोच्ने प्रयास गरे। तिन घन्टा मज्जाले सुतें।

३ बजेतिर त्यो इलाकाको पुलिस अफिसरहरु आएर चिया खान लगे। साधारण कुराहरु भए। म फेरि ६ बजे होटेल् नै फर्कें। च लाइ फेरि फोन गर्न खोजेको फेला परेन। त्यसपछि टि.बि. हेर्दै समय कटाउन थाले। बेलुकि ७ बजेतिर कसैले ढोकामा "ढक् ढक्" गर्‍यो। खोलेर हेर्दा, रितु र सासा उभिएका थे। मैले भित्र बोलाउन करै लाग्यो।


"तिमीलाइ के भयो भनेर हेर्न आको हामी त?" ००३ हिजो रातीको घटनाको बारेमा बिलकुल अनभिग्य बनी।

"खासै केहि भाको होइन।" मैले पनि नाटक गर्ने कोशिश गरें।

"चिसो लाग्यो होला मिन्जोलाइ।" सासाले सोफामा बस्दै भनी।

"त्यस्तै होला, सामान्य रुघा खोकि" मैले कुरालाइ छिटो सकाउने कोशिस गरें।

"टाउको दुख्या छ?" रितुले सोफामा बसेर खुट्टा हलाउदै सोधी।

"अलि अलि मात्र।" मैले उसलाइ भन्दा उसको खुट्टालाइ हेर्दैं भने।

"म सङ औसधी छ। खाने हो?" उ झन बेगले पिङमा बस्या जस्तो खुट्टा हल्लाउन थाली।

"पर्दैन। फेरि अर्को साइड इफेक्ट होला।" सासा हाँसी। "००३" मलाइ नहेरी टि. बि. हेर्न थाली। एकछिनमा सासाको को नातेदार भेट्न आको छ भनेर सासा तल झरी। कोठामा "अपरेसन ००३" र म मात्र भयौं।

"सुन्तला खानी? रुघा लागेको भए विटामिन "सी" प्रसस्त खानु पर्छ। मैले अघि सस्तोमा २ किलो किनेको छु। एक्दम गुलियो छ।" कति प्यारप्यार बोल्नु पर्ने यो केटीलाइ। आफै बिरामी बनाएर आफै निको पार्ने जस्ती।

"पर्दैन भन्या।" भन्दै म  टि. बि. बन्द गर्न "रिमोट" लिन छ पाइला जति  हिँडेर टेबुलमा भएको "रिमोट"  ल्याएं र टि. बि. बन्द गरें। उ एकछिन मौन रही र फेरि बोली।

"तिम्रो त्यो खुट्टामा के भयो? किन खोल्च्याङ् खोल्च्याङ गर्‍या?" कस्ति बाठी एकैछिनमा सबै हेरि सकिछ।

हिजो तिमीलाइ पछ्याँउदा सिस्नोले पोलेर खाल्डोमा खसेको भन्न मन लागेकोथ्यो। तर उ त केहि नभाको जस्तो गरि राकि थी। म जान्ने भएर किन भनुँ भनेर ? "बिहान त्यो टेबुलमा खुट्टा ठोक्यो" मात्र भने।

"त्यस्तो खुट्टा ठोकिने गरी काँ हेर्दै हिडेको? अलि राम्ररी हिंड्नु पर्छ नि।" उल्टो उपदेश दिन थाली।

"खोइ दिन नराम्रो भाको बेला जति राम्ररी हेरे पनि त्यस्तै हुँदो रहेछ।" मैले मन मनमा "००३ बोक्सी" अलक्षिनले गर्दा भने।

"हो भन्या। मलाइ पनि आजकाल अचम्म अचम्म कुराहरु भइ राको छ।" उसले सहमतिमा उसकै कथा शुरु गरी।

"मतलब ?" मलाइ पनि आश्चर्य लाग्यो मलाइ दुख दिनेको पनि अचम्मको कुरा रहेछ।

"अस्ति हामी आको पहिलो दिन थ्यो नि। मेरो सुट्केस कसैले खोलेर सामानहरु भद्रगोल गरी राखेको जस्तो थ्यो। मलाइ थाहा छ मैले त्यो सुट्केस कफी खान जानु अघि खोलेकै थीन। कस्तो अचम्म हेर न? मलाइ त कोहि मेरो जासुसी गरि रहेको जस्तो लाग्यो। है?" मेरो आँखामा हेर्दै भनी।

मेरो रहे पहेको सातो जान लाग्यो। मैले उसलाइ हेर्नै सकिन। झ्याल पारीको द्रिश्य हेर्दै के उत्तर दिने भनेर सोच्न थाले।

"मिन्जो, तिमिलाइ के लाग्छ भन त ? कसले मेरो सुटकेस खोल्यो होला?" अर्को प्रश्न तुरुन्तै गरी उसले।

"होटेल कै कोहि कामदारहरुले बिदेशीसङ पैसा छ भनेर हो कि? तिमीले मलाइ किन पहिले नै नभनेकि? यस्तो कुरा भन्नु पर्दैन?" अन्तिम बाक्य भन्दा मेरो स्वर राम्ररी निस्केन।

"अनि सुन न। अर्को कुरा पनि छ।" मलाइ यसपाली उत्सुक बनाइ उसले।

"के भयो? तिम्रो पछि पछि कोहि आयो कि क्या हो?" अलिकति ब्यङ गरें।

"होइन भन्या। आज बिहान उठ्दा मेरो कोठाको चुकुल खुल्लै थ्यो अनि मेरो खुट्टा पनि बाहिर गयेर आको जस्तो फोहोर थ्यो।" उसले आफ्ना आँखाहरु अरु ठुलो बनाइ।

"तिमी राति कतै गयौ कि?" मैले अन्जान बनेर सोधें।

"कहिं गको भए मलाइ थाहा हुन्न र?" एक्छिन सोची अनि भनी। "लौ बर्बाद भयो।"

"किन र ? कसरी बर्बाद भयो?" झन् अर्को रहस्य थपियो।

"शायद म निद्रामा हिड्न थाँले। धेरै बर्स अघि २ चोटि यस्तो भएको थ्यो।" उ आफै छक्क परी।

"निद्रामा हिड्ने रे?" म पनि अचम्म भए।

"हेर न। पहिला मलाइ दुइ चोटि येस्तै भएको थ्यो। पछि चाहि हुदैन होला भन्या थे। अब के गर्ने?" उसको समस्या देखियो।

"आज राति पनि याद गर। यदि फेरि त्यस्तै भयो भने भोली देखि तिमीलाइ ताल्चा लाइदिने कोठाबाहिरबाट।" मैले समाधान बताए।

" जे भए पनि तिमी छौ मेरो रेखदेख गर्ने। त्यसैले म ढुक्क छु।" भन्दै उठी र आफ्नै कोठामा गइ।

मलाइ प्रश्नले सताउन थाल्यो। के हिजो राति उ साँचिकै निद्रामा थी? यदि थी भने किन मेरो नाम लिएर कुरा गरी?  कि यो उसको अर्को नाटक हो? सताउन सताउने भइ मलाइ "राजकुमारी ००३" ले। अबस्य पनि उ मेरि पुर्बजन्मकी साहुनी हुनु पर्छ। जसको मैले धेरै रिण खाएको छु र अझै तिर्न सकेको छैन। उफ्फ्, कति दुख खेप्नु पर्ने हो अझै?

क्रमश:

 

 


 

Last edited: 11-Jul-08 08:22 PM
Last edited: 11-Jul-08 08:40 PM
Read Full Discussion Thread for this article