Posted by: chipledhunga July 11, 2008
चाहन्न म
Login in to Rate this Post:     0       ?        

स्कुल पढुन्जेल नेपाली मेरो सबै भन्दा मनपर्ने विषय थियो, तर कसैले "सबैभन्दा मनपर्ने विषय कुन हो?" भनेर सोध्दा, म नेपाली भन्दिनथें, नेपाली भन्दा साथीहरुले जिस्काउने डर थियो, त्यस्तो किन भाको? हामी आफैंलाई, आफ्नै भाषा-संस्कृतिलाई अनि आफ्नै अग्रजहरुलाई सम्मान गर्दैनौं भने सम्मान पाउँछौं कसरी ???

मेरा भाइबैनालाई तिम्रो नाम थाह छैन
तिम्रा कृति पढ्ने मेरा दाइदिदीलाई चाह छैन

 

चेली, तिमीले एउटा एकदम तितो सत्य ओकल्यौ। दु:खको कुरा, "नजिकको तीर्थ हेलाँ" भन्ने रोगले धेरै जनालाई ग्रस्त पारेको छ। बिदेशी साहित्य, संगीत बारे प्रशस्त थाहा हुने तर आफ्नै नेपालको बारेमा मानिसहरु अनभिग्य छन् र जान्ने चाहना पनि राख्दैनन्।        


                     

 

 


Read Full Discussion Thread for this article