Posted by: Rahuldai July 11, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        

प्रेरणा जी,
मार्मिक भाव लाई रमाइलो संग पस्किन सकें र ? खुशी नै लाग्यो, रमाइलो पनि लेखिंदो रहेछ।

कुम्लेजी,
जगिया हाँडीघोप्टे कालो थियो तर कुम्ले जस्तो होइन नि फेरी। लोप पर्ला न पर्ला त्यो त मलाई मात्र थाहा छ, हाहाहा हा !

चिप्लेढुङ्गा जी,
कथा मार्मिक मोड छ, जोडतोड का साथ अर्को भाग राखौला।

लहरेजी,
रमाइलो मात्र र भन्या?

चेली जी,
यो मोड मा कसलाई तोड पर्ने हो, अर्को अंक मा ।

शितल जी,

फिलिम जस्तो हुन्न रहेछ जिन्दगी। लोप पर्नु, बिहे गर्नु, बच्चा जन्मिनु मात्र जिन्दगी को रित नहुन सक्छ।

झिल्के जी,

मन न हो, ढुङ्गा कै भए नि पग्लन्छ रे। जगियाको मन नौनी जस्तो देखियो।

दीपिका जी,
त्यो मेरो ट्याक्टिस थिएन, डि इ साहेब को। मन हुने चोर् लाई त्यहाँ लगाउने यो उपाय उत्तम थियो। एक पटक म हुंदै फेरी जी आइ पाइप चोरी भयो। बिहान थाहा पाउने बित्तिकै हाकिमा साहेबले जगियालाई पाइप र चोर् खोज्न पठाएछ। एक छिन् मै चोर् नि भेटियो पाइप नि।

हर्के जी,

रोचक बनाउन सकेको भए आफ्नो लेखाइ मा अलिकती भए नि सुधार आएको छ भनेर मान्नु पर्छ मैले।

जोशी जी,

अर्को पार्ट शायद अन्तिम हुने छ, जगिया को जीवन यात्रामा कारीब ४ महिना जती मात्र सहयात्रि भएको थिएं। अली धेरै समय कपिलवस्तु बसेको भए धेरै जगियाहरी भेटिन्थे होला।

 
 
 

Read Full Discussion Thread for this article