Posted by: aarigato July 11, 2008
जङ्गली शौचालय
Login in to Rate this Post:     0       ?        
वनमन्त्री मातृका यादवले एक जना कर्मचारीलाई शौचालयमा थुनेपछि कर्मचारी क्षेत्रमा ठूलो हलचल मच्चिएको छ । मन्त्री यादवले प्राकृतिक पर्यावरण बिगारेको आरोपमा ती कर्मचारीलाई थुन्नु भएको थियो । तर, उहा“को यो कार्यले देशको प्राकृतिक पर्यावरण बनाए पनि कानुनी पर्यावरण भने नराम्ररी नै बिगारेको छ ।

यस कार्यका लागि धेरैले मन्त्रीज्यूको विरोध गरे । तर, मलाई लागिरहेको छ, यसमा मन्त्रीज्यूको विरोध गररिहनुपर्ने कुनै कारण छैन । मन्त्रीज्यू जो हुनुहुन्छ, उहा“ वनमन्त्री हुनुहुन्छ । वनलाई जङ्गल पनि भनिन्छ । अतः उहा“लाई जङ्गलमन्त्री पनि भन्न सकिन्छ । जङ्गलमन्त्री भन्दा नेपाली व्याकरणमा अशुद्ध हुन सक्छ । त्यसैले जङ्गली मन्त्री भन्नुपर्ला । अब भन्नोस्, जङ्गली मन्त्रीले जङ्गली व्यवहार देखाए भनेर किन आपत्ति गर्ने - जसको कामै जङ्गलको हिफाजत गर्नु हो ।

जङ्गलको हिफाजत गर्नु भनेको रूख-बिरुवाको मात्र हिफाजत गर्नु होइन । जङ्गली स्वभाव, जङ्गली पारा, जङ्गली प्रवृत्ति र जङ्गली कानुनको पनि हिफाजत गर्नु हो । शौचालयमा थुनेर मन्त्रीज्यूले जङ्गली कानुन र जङ्गली स्वभावको हिफाजत गर्नुभएको छ । के यसका लागि मन्त्रीज्यूलाई बधाई दिनुपर्दैन ?

मन्त्री यादवज्यूले यस्तो कार्य यसभन्दा पहिले पनि गर्नुभएको थियो । वास्तवमा यस्तो कार्यक्षमता देखेरै उहा“लाई पटक-पटक जङ्गलमन्त्री बनाएको हो । हामी आशा गर्न सक्छौ“, मन्त्री यादवको कार्यकालमा नेपालको जङ्गल मात्र होइन, जङ्गलभित्रका रूख-बिरुवा मात्र पनि होइन, जङ्गलको स्वभाव, जङ्गलको प्रवृत्ति, जङ्गलको कानुन र जङ्गलको संस्कृति पनि सुरक्षित हुनेछ । पर्यावरण संरक्षणवादीहरू यसमा के भन्न चाहन्छन्, कुन्नि !
Read Full Discussion Thread for this article