Posted by: Rahuldai July 10, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        

"मन" हुनु त जगियाको जस्तो!

भाग २

जगिया रात भर बिरामी बच्चाको छेउमै अनिदो रहे।  मैले अरु पनि धेरै बच्चा का बाउ हरु देखेको छु, तर जगियामा जति वात्सल्यता थोरैमा देखें। यति चाह, यति हेरचाह गर्ने अभिभावक थोरै भेटें। "गरिब को धन पो हुंदैन, मन त धन हुनेको भन्दा बढि हुने हुन्छ।" मनले आफ्नो गरिबीको दिन संझदै धाडस् दियो।
 
बिहान भो। डाक्टर साहेबकी अर्धाङ्गिनिले चिया नास्ताको ब्यबस्था गरिदिनु भयो र धन्यबाद सहित अस्पताल् गएं। जगिया टोलाइ रहेको थियो। मानौं अझै शंकट दूर् क्षितिजमा मडारिरहेको स्पष्ट देखिरहेछ उ।

"केही खायौ?"

"नहीं साहेब, भूख नहिं है"
 
"बच्चा लाइ ठिक भैसक्यो, कुनै चिन्ता लिनु पर्दैन, अहिले डाक्टर साहेब आउनु हुन्छ, अनि डिस्चार्ज गरि दिन्छ। १० बजे अघि अफिस् पुग्नु पर्छ, गाडी चलाउनु पर्छ, केही नखाई हुन्छ। जाउ, लज्जोलाई पनि लिएर खाएर आउ, हिजो देखि भोकै छिन्, त्यसरी अर्काको छोरी लाई भोकै राख्नु हुन्छ?"
मैले अलि हाकिम पारा निकालें।

"ओहो तो है साहेब" भन्दै कान कन्याउन थाले। पैसा न भएको स्पष्ट भाव बुझें।
"तिमी संग पैसा छैन होला, लौ यो १०० रुपैया, टन्न खाएर आउ । म बिरामी कुरेर बस्छु।"

जगिया र लज्जो खान खान भनी हिंडे। बच्चाको स्वास्थ एकदम् ठीक भैसकेको थियो। मस्त निद्रामा थियो। डाक्टर कर्माचार्य आउनु भयो। एक छिन भलाकुसारी चल्यो। साह्रै भलादमी डाक्टर। क्रितज्ञ भएं।

जगियाले गाडी चलायो। बच्चा लाज्जोले बोकिन्।

"बिस्तारै गाडी चलाउ, हतार नगर।"
हस साहेब भन्दै खाल्डाखुल्डि छल्दै अफिस पुर्‍याए।

"बच्चालाई फोहर पानी, फोहर झिङ्गा भन्केको भाँडाबाट् खान दिएकोले झाडा पखाला लागेको हो। सफा पानी पिलाउनु पर्ने झन पानी नै नखुवाएकोले यस्तो भएको हो। अब देखि सफा भाडाको पानी र खानेकुरा खुवाउने। हात राम्रो संग धोएर मात्र खाने कुरा छुने।"
खानेपानीको इन्जिनियर न ठहरें। दिइ हालें आफ्नो बिषयमा प्रवचन।

त्यो दिन जगिया एक छिन पनि बच्चालाई नछोडिकन बस्यो। १ बर्ष चानचुनको छोरो थियो। जगिया भन्दा पनि कालो देखिने तर हिस्सी परेको।
त्यो दिन देखि जगियाले बच्चाको स्यहार् सुसार यति जतनका साथ गर्‍यो कि देख्ने हेर्ने जम्मै छक्क पर्थे।  फुर्सद पायो कि बच्चा संग खेलिरहेको देखिने। त्यस दिन देखि उसले श्री पाउच खान छोड्यो। नत्र २-३ दिन बिराएर हल्लिएर आउथें। कहिले काहिं " साहेब १० का नोट्, उधार दिजिए, भन्दै आउथ्यो, श्री पाउच किन्न। र अफिस् फर्कदै गर्दा  अब देखि त्यो पैसा किशनको नाममा जम्मा गर्छु भन्ने कसम खाए। बच्चा को नाम किशन राखेको रहेछ।

 
केही दिन पछि हाकिम साहेब फर्किनु भयो, निमित्तबाट् सहायक जिल्ला इन्जियरमा झरें। हाकिमको नि परिवार उतै तानसेन( पाल्पा) भएकोले क्वाटर अलग अलग भए पनि एकै ठाममा खाना खाने गर्थ्यौं। खान खाई एक छिन टेलिभिजन हेरी बडेमानको टर्चलाइट बालेर आफ्नो कोठा जाने गर्थें। बिजुली भए पनि सर्पहरुको साम्राज्य भएको ठाउं भएकोले टर्च न बाली राति हिड्नु भनेको काल निम्त्याउनु नै थियो।

जगिया को हुन् कस्तो हुन् भन्ने खुल्दुली मनमा लागि रहेको थियो। हाकिम साहेब संग एक दिन खाना खाने बेलामा सोधें। हाकिम साहेब, तानसेनका शाक्य, बौद्धमार्गी हुनुहुन्थ्यो।

जब जगियाको कथा हाकिमको मुखबाट सुनें, मेरो अन्तरात्मा अनायसै चिच्यायो-"मन हुनु त जगियाको जस्तो।"

जगिया, कपिलवस्तुकै गजडी गाबिसका बासिन्दा। साह्रै बदमास्, खेतीपाती केही पनि काम नगर्ने भएकोले जगियाको बाउ हरियाले घर निकाला गरिदिएको रहेछ। घरबाट निकालिए पछि सदरमुकाम तौलिहवा उनको अखडा बन्यो। बाच्नको लागि सानोतिनो अपराध गर्न थाले। चोरी, लूटपाटको पर्याय हुन गयो जगिया, थोरै समयमै। कसैको केही हरायो, कोही लुटियो भने सिधै जगियालाई पक्राउ गर्ने गर्थ्यो स्थानिय पुलिस। जगियाले नगरेको भए नि उसलाई पक्रे पछि असली बदमास् पत्ता लगाइ हाल्थ्यो।

सदरमुकाम भए पनि वाक्लो वस्ती भएको शहर थिएन तौलिहवा। सरकारी कार्यालयहरु र अस्पतालहरु भएकोले मात्र अलिकति गुल्जार जस्तो लाग्थ्यो। नजिकै पुरातात्विक महत्वको राजा सुद्धोधनको दरबारको अबशेष भएको ठाउँ र बुद्धको जीवनीसंग सरोकार राख्ने अनिगिन्ति स्मारकहरु भए पनि उपेक्षित जिल्ला हो अपिलवस्तु अनि तौलिहवा।


जगियाले हाम्रो कार्यालयको पाइप र फिटिङ्ग्सहरु चोर्न सुरु गर्न थालेछ। हाकिम लाइ सधै टेन्सन्, कहिले के हराउने कहिले के? पुलिसलाई खबर गरिन्थ्यो, जगिया समातिन्थ्यो। इमान्दारपूर्बक चोरी स्विकार्थे र कहाँ कतिमा बेचेको समेत भन्थे।
धेरै चोटी यस्तो भए पछि डि इ शाक्य सरले  बुद्धकालिन अङ्गुलीमारको कथाको सार अनुसार जुक्ती निकाल्नु भयो । जगियालाई नै चौकिदार बनाए पछि टन्टाइ साफ। पैसाको लागि नै चोरी गर्ने हो त्यसले, फेरि चौकिदारको पद पनि खालि थियो। आफ्नो गाउंठाउँको मान्छेलाई भर्ति गर्नु भन्दा त यसलाई गरे राम्रो होला भन्थानेर डि इ साहेबले बोलाएर जागिर खान्छस् जगिया भनेर सोध्नु भएछ।
जगियालाई के चाहियो? के खोज्छस कानो? आँखो। भने जस्तै भयो। जगियाको रगतमा अपराध थिएन। मनमा छल थिएन। संगतले बहकिएको र बाध्यताले चोरी चकारी गर्न थालेको गरिब थियो, हाकिमसाहेबले बुझेको कुरा।


एक त चोरी को झंझट नहुने अर्को, भैहाले चोर् र चोरबजार बारे जगिया जति जानकार कोइ नहुने, त्यसैले पनि जागिर दिने बिचार गर्नु भएको रहेछ।

जगियालाई चौकिदार नियुक्त गरे दिन देखि पाइप हराउन बन्द भयो। तै पनि पुलिस् टाइम टाइममा आउने गर्थ्यो। फलानोठाउँमा चोरी भयो, कसले गरेको , कहाँ लुकेको भनेर जानकारी माग्न।  यसमानेमा उ पुलिसको समेत सहयोगी भएछ।

आफ्नो गाउँ ठाउँको एक मात्र सरकारी नोकरी गर्ने लायकको छोरो भएछ, गाउँमा अब जगिया नायक भएछ।

बेटा हो तो जगिया जैसा- गाउँ मा हरिया नाकको फुलेको फुल्यै रे।

२-३ दिन बिराएर  श्री पाउच लडाएर लड्खराएर् हिड्ने जगियाको बानी चाहि बच्चा बिरामी नहुन्जेल रहिरह्यो। एक दिन यसरी नै सिङ्गो सडक आफ्नो बनाएर हिड्दै गर्दा बस पार्क को प्रतिक्षालयमा ओतलिएर बसेकी २०-२१ बर्षकी लरकी देखेछ, जगियाले। दारुको सूरमा जिस्काउन, फकाउन जगियाको अनियन्त्रित पाइला अघि बढेछ। लज्जो रोइरहेकी थीइ। रोइरहेको देखेर जगियाको ह्रिदय परिवर्तन भएछ र हप्काएछ ।
"इतनी रात मे कन्नो बस ना मिलेगा, घर जाओ।"

यति भन्दै जगिया, बाटोमा भेटे जति टिन, बट्टा लाई फूटबल संझदै गोल हान्दै अफिसको बाटो लागेछ। पर पुगी फेरि एकपटक फर्केर हेर्दा अझै त्यो केटी त्यतै देखेर जगियाको पाइला बस पार्क तिरै अघि बढेछ।

क्रमश:
 

Read Full Discussion Thread for this article