Posted by: Rahuldai July 10, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        

बिर्खे जी,
जगिया को कथा भनौं वा मदनवा को कथा तराइ को कथा लेख्ने जमर्को गरेको छु, तपाईं को जस्तो गहिरो ज्ञान छैन, २-४ महिना जागिर खाँदा को द्रिश्य कैद गर्न खोजेको छु।

दीपिका जी,

तराइ को परिबेश् को कुरा गर्दा सर्प, गोमन कहाँ छुट्छ र? हो भन्या, काठमाडौको पुरानो घर मा आउने सिक: फ्याँचा ( rat snake) देखी त २० फीट पर भाग्ने मान्छे साक्षात गोमन सर्प बाटो वरि परि जता ततै भने।  सर्प छ कि छैन भनेर सोच्नु भन्दा बढी दिमाग मा केही न आउने।

रबी जी,
कथा रोचक बनाउने कोशीश भने गर्ने छु।

चिप्ले जी,
भैरहवाबाट तौलिहवा ठीक ६६ किमी छ। भैरहवाबाट लुम्बिनी सम्म २७ किमी पक्की बाटो त्यसपछी चाँही माटो मात्र थियो, २०५३-५४ साल को कथा हो यो। अहिले पिच भयो रे भन्ने सुन्छु।

रिट्ठे जी,
कथा ट्राजिक भने पटक्कै छैन, तर सामान्य पनि छैन। जुत्तामा सर्प लुकेको घट्ना मैले त्यही सुनेको थिए, रिट्ठे को परे छ। जुत्ता लगाउन अघी ३ पटक चेक् गर्ने गर्थें।

कुम्ले जी,
सहि कुरा। बुटवल बाट नि जाने बाटो छ, गोरुसिङ्गे हुंदै। तर साझा बस भैरहवा -लुम्बिनी हुंदै सिधै तौलिहवा जान्छ। बुटवल गोरुसिङ्गे (४ न ) को बाटो ७६ कि मि जती छ। बर्षा याम बाहेक अरु बेला त्यो बाटो नै तुलनात्मक रुपमा राम्रो मानिन्छ।

क्रेजी जी,
जगिया को मन आजै देखिनु हुन्छ। हिजो नै राख्ने बिचार  मा थिए। अलिकती भ्याइन। आज बाँकी भाग राख्ने छु। अनी भन्नुस् है, जगिया को मन कस्तो थियो भनेर।

नेप्चे जी,
सर्प संग डराएरै यो कथा लेख्न ढिलो भाको। कपिलवस्तु सम्झ्यो कि सर्प याद आउने। तारेमाम को ठाउमा त्राहिमाम हुने।

शितल जी,
देखेको र भोगेको जीवन ब्यथा बाहेक मलाई अरु लेख्न आउँदैन। त्यसैले धेरैलाई भनेको पनि छु, म कथाकार होइन, मात्र ब्यथाकार हुं।

चेली जी,

जगिया को छोरो लाई मात्र डिहाइड्रेसन भाको हो, ठीक भैसक्यो। भरे सम्ममा घर लैजान्छौ हामी।

Read Full Discussion Thread for this article