Posted by: Sarkozy July 9, 2008
शुशिल कोइराला अमेरिकाको ओसिन सिटी मा सुन्दरी सँग मस्त
Login in to Rate this Post:     0       ?        
समुद्र किनारमा कोइराला उमासँग अलप
२४-असार-२०६५,मंगलवार
Image
नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालालाई अमेरिकाको बाल्टिमोरको समुद्र किनारमा एउटी अधवैशे महिलासँग भेटेपछि त्यहाँ रहेका कांग्रेसीले कोइरालालाई बहिस्कार गरेका छन्। नेपाली कांग्रेस न्युयोर्क जनसम्पर्क समितिद्वारा गत बिहीबार आयोजित कार्यक्रममा

प्रमुख अतिथि रहेका कोइराला  कार्यक्रममा नपुगेपछि समितिका अध्यक्ष सोमनाथ सिग्देलले आफ्नै अध्यक्षतामा कार्यक्रम सम्पन्न गरे। टेलिफोनलगायत सबै सम्पर्क सम्बन्धविच्छेद गरेका कोइराला त्यसदिन ओसियन सिटी बीचमा एक मात्र महिलामित्रका साथ भेटिनुभएको थियो। कोइरालाका साथमा रहेकी महिला बाल्टिमोरस्थित एउटा ग्यास स्टेसनमा कार्यरत उमा कार्की हुन्।
अमेरिका पुग्नुअघि कार्की नेपालगन्जमा पढाउँथिन्। जिब्रोको क्यान्सरको उपचार गर्न अमेरिका गएका कोइराला मृदुला कोइराला र आनन्द बिष्टको अह्रन–खटनमा हिँडेको भन्दै त्यहाँका कांग्रेसी रिसाएका हुन्। बिष्ट नेकाका केन्द्रीय सदस्य सुनील भण्डारीका नातेदार हुन्, मृदुला अमेरिकाको जनसम्पर्क हेर्ने प्रमुख व्यक्ति भएको औपचारिक चिठी प्राप्त व्यक्ति हुन्।
पार्टीको परराष्ट्र विभाग प्रमुख सुजाता कोइराला भए पनि उनलाई थाहै नदिई पार्टी कार्यालय सचिवमार्फत सुशीलले मृदुलालाई पत्र पठाएको बताइएको छ। अमेरिकाका कांग्रेसीबीच बखेडा चलिरहँदा त्यहीँ पुगेकी सुजाताले सुशीलविरुद्ध अभियान नै चलाएकी थिइन्। सुजाता अस्ति आइतबार फर्किएकी छन्।  न्युयोर्क च्याप्टरको कार्यक्रमका दिन उमासँग समुद्रतिर बरालिए पनि कोइरालाले आइतबारको क्यालिफोर्निया जनसम्पर्क समितिको कार्यक्रममा भाग लिने इच्छा गरेका थिए। समितिका अध्यक्ष धनञ्जयनरसिंह केसीसँग कोइरालाको कुराकानी हुँदा केसीले निम्तो दिन नसक्ने जवाफ दिएर कोइरालालाई निराश पारेको बताइन्छ।
तैपनि कोइराला आइतबारदेखि क्यालिफोर्निया पुगेका छन्। समाचारअनुसार सुशील र सुजाता दुवै न्युयोर्क छँदा त्यहीँबाट प्रकाशित हुने नेपाली अनलाइनमा सुजाताबारे अत्यन्त नकारात्मक समाचार लगातार प्रकाशित भएका थिए। त्यहाँ दुवैको पोल खोलाखोल भएको थियो। जसअनुसार सुशीलले साथमा मान्छे लिएर अमेरिका गई त्यतै छाड्ने गरेको विषय उठेको थियो। यसपालि पनि सुशीलले सहयोगी भन्दै दुई युवा बोकेर गएका छन्। चार वर्षअघि उनकै सिफारिसमा गएका दूरसञ्चारका कर्मचारी यज्ञऋषि कोइराला ओभरस्टे गरेर बसी भर्खरै फर्किएको कुरा नेपालीमाझ उठेको थियो।

Janaastha Weekly News Desk.

Read Full Discussion Thread for this article