Posted by: PallaGhareAntare July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

हर्के, पुन्टे दाई, ठुल्दाई तारेमाम।

किसिम फुटो आ र'च पुन्टे दाईको। हर्के बरु कता हो याँ गीतको लिस्टो तयार पार्दै छु म।

म त अझै यतै छु ठुल्दाई। केहि अग्ला घर अनि बाँकि सप्पै सुकुम्बासी बस्ती, बानेश्वोर् ओरालो, सोह्रखुट्टे ओरालाँ हिंड्या झैं लाग्नि कैले काइं। हाम्राँ जस्तै ट्राफिक नियमको के मतलब? यताट नि भट्भटे आउनि उताट नि भटभटे आउनि। खै त याँ लेनको, टेलगेटको मतलब छैन, तिनौटा लेनाँ पांचौटा मटर कुद्नि, भट्भटेलाई त दुइटा लेनको बिचाँ छुट्टै लेन बना जत्तिकै। मुन्छे हरियो बत्तिमा चार लेनको बाटाँ कुदेर बाटो काट्ने। आङै सिरिंग हुने कैले त, अम्रिकाँ मटर कुदा'र बानि बिग्रेच झैं लाओ। 

 न नियम कानूनको मतलब, न हरन बजाउंदा अरुले आंखा तर्लान भन्नि डर, जताततै मान्छे र मटरसाइकल, बाटा छेउका टायर र अरु खुद्रा पसल, हाम्रातिरा झैं ससाना हुटेल र कफि पसल क्या घर पुगे जस्तो भो बाबै couldn't feel more at home भन्छ नि हो त्यस्तै। आँखामा पट्टि बांधेर ओराल्द्या भे नेपाल वा इन्डिया रेछ भन्ने ठाउं र'च यो साओ पाउलो भन्नि।

बरु फुटो टांस्न परो भन्या फुटो खोज्यो कि कम्फुटारै ह्याँङ हुन लाओ, पछि टांसम्ला।

Read Full Discussion Thread for this article