Posted by: Shaanti July 8, 2008
"उपहार" के दीऊ खाली हात आएको छू
Login in to Rate this Post:     0       ?        

हिजो आज जता ततै शान्ती कई चर्चा छ रे
भित्ता र पर्खाल्हरुमा शान्ती कई पर्चा छ रे
देराली र भंज्यांग हरु शान्ती परखी राछन
गाऊ र बस्ती हरु शान्ती खोजी राछन
लेकमा लाली गुंराश मुस्काउदै छ रे
बेंशीमा धानका बाला झुल्न थाल्या छ रे
आशा गरौ दश नाग्रामा खीया लाग्दैन
करोडौको जीन्दगीमा बारूद पड्कदैन
झुप्रा र झुपडिमा दीयो जल्दैछा रे
भत्कियेका भवनहरु  निर्माण हुदैछा रे 
 ब्याबशाय र पेशा हरुमा रोक लाउनु हुन्न
बाच्न पाउने अधिकारलाई अब छिन्नु हुन्न

..राजधानी लोड्सेडीङ को मरमा पर्या छ रे
यदाकदा सुनीदैछा नया नेपाल आउछ रे
भाषण गर्छन गणतंत्र ल्याउछौ लोकतंत्र
चाहाना त सबैको एउतै भोग्तंत्र
दिन प्रतिदिन नेपाल जीर्ण हुदैछा रे
आठ दल मिलेर भाग लाउदैछा रे
ख़बरदार पहरेदार हो देश नटुक्राउ
आश्वाशन र सांत्वनाले जनता नाझुकाऊ 
कोही भन्छन बालुवाटार म शान्ती आयो रे
कोही भन्छन       सिन्हदर्बार्मा     शान्ती छायो रे

शान्ती कुनै ब्यक्तीको मुठीमा हुन्न
शान्ती कुनै पाटीको सिध्दांत पनी होइन
वास्तबिक स्वतन्त्रतामाँ शान्ती आफै खील्छा
आन्दोलनमा होइन शान्ती सहमतिमा मिल्छा
पुर्बमाँ घाऊ लाग्दा पश्चिम दुख्नु पर्छा
उत्तर र दछिन मिली नीकास खोज्नु पर्छा
जन्मभूमि नेपाल आमा सधै         हास्नु पर्छा
प्राण भन्दा प्यारो देशले सधै बाच्नु पर्छा
जाग उठ नेपाली हो शान्ती आह्वान गरौ
पुर्खाले आर्जेको नेपाल जोगाऊ
पुर्खाले आर्जेको नेपाल जोगाऊ

Read Full Discussion Thread for this article