Posted by: Ajneya July 6, 2008
मधेसीहरुको "मधेस स्वायत्त राज्य" माग कती जायज ??
Login in to Rate this Post:     0       ?        

कस्ले चलायो यो मधेशबादी भन्ने शब्द
-  साभार  My Sansar 6 जुलाई 2008


मधेसवादी दल- अहिले यो शब्दलाई मिडियाले निकै उपयोग गरिरहेका छन्। पछिल्लो समयमा फेसन कै रुपमा चलनमा ल्याइएको र सुन्न/पढ्न बाध्य बनाइएको छ यो शब्द। कसले चलाएको हो यो शब्द ? के ‘मधेसवादी’ शब्दको प्रयोग ठीक छ ?

कुनै पनि ‘वाद’ हुनका लागि त्यहाँ निश्चित सिद्धान्त हुनुपर्छ। जस्तै पूँजिवाद, मार्क्सवाद, लेनिनवाद अथवा माअ‍ोवाद वा अहिले चलनचल्तीमा रहेको उत्तरआधुनिकवाद, प्रयोगवाद। यो मधेसवाद भनेको चाहिँ के हो ? के यो मधेसवादी दल भन्ने शब्दलाई तराईका दलहरु वा मधेसका दलहरु भन्न सकिन्न ? किन ‘वाद’ शब्दको प्रयोगमा लालायित भएका हौँ हामी ? मधेस आन्दोलनको मूल मुद्दा समावेशी नेपालमा मधेस/तराईका नागरिकहरुलाई पनि समान अधिकार हुनुपर्छ भन्ने हो। केही दलहरु तराईका समथर भूमि सबै एउटै मधेस प्रान्तमा हुनुपर्छ भन्ने माग राख्छन्। के यो कुनै वाद हो ?

त्यसो त तराई कि मधेस भन्ने शब्द कै विषयमा ठूलो विवाद अहिले निम्तिरहेको छ। थारुहरुले मधेस शब्द नभई तराई शब्द प्रयोग गर्नुपर्ने बताउँछन्। मधेसका दलहरुको अवरोधका कारण संविधान सभाको बैठक स्थगित हुँदै आएकोमा अब सोमबारदेखि त्यसो नहुने भएको छ। यसका लागि सहमति भइसकेको छ। संविधानका धारा १३८ र १४४ को संशोधन भएमा आफूहरुलाई मधेसको सट्टामा तराई शब्द लेख्दा आपत्ति नहुने फोरम संयोजक उपेन्द्र यादवले बताइसकेका छन्।

यदि सहमति भएको हो भने विगत १० दिनदेखि अवरुद्ध संविधानसभा व्यवस्थापिका-संसद्को हैसियतमा बस्ने बैठक सोमबारदेखि सुचारु हुनेछ।

तीन प्रमुख राजनीतिक दल र तीन मधेसवादी दलबीच शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा भएको वार्तामा संविधानसभामा सरकारद्वारा यसअघि दर्ता गरिएको पूरक विधेयकको सट्टा मधेसवादी दलले उठाएका माग सम्बोधन गरेर नयाँ पूरक विधेयक ल्याउन सहमति भएपछि यस्तो सङ्केत देखिएको हो ।

यद्यपि, नेपालको राजनीति त हो, के भर छ र। कसैले सुइया सिटी फुकिदेला र ‘भएन’ भन्दै फेरि संविधान सभाको रोष्ट्रम घेरिने हो कि ? पर्खौँ न भोलिसम्म थाहा भइहाल्नेछ नि।
Read Full Discussion Thread for this article