Posted by: BKMailo July 5, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

बन्यो हरित सडक

कास

भोजपुर, असार २० - बेलायत सरकारको अन्तर्रर्ााट्रय विकास विभाग -डीएफआईडी) को आर्थिक सहयोगमा सञ्चालित ग्रामीण पहु“च कार्यक्रम पूरा भएको

छ । पर्ूर्वी नेपालका चारवटा पहाडी जिल्लामा मोटरबाटो निर्माणको निम्ति सुरु भएको कार्यक्रम सात वर्षछि पूरा भएको हो ।

नेपाल सरकार र डीएफआईडीबीचको सम्झौता अनुरूप ग्रामीण पहु“च कार्यक्रम

-र्‍याप) अर्न्तर्गत निर्मित कृषि सडकले खोटाङ, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाको सदरमुकाम जोडिएका छन् । यातायातको पहु“च विस्तार गर्दै गरिबी न्यूनीकरण र विपन्नवर्गको जीवनस्तर उकास्ने उद्देश्यअनुरूप सडक निर्माण, सामाजिक अभिवृद्धि, आयमूलक, बचत तथा ऋण, सहकारी कार्यक्रमलगायत विभिन्न क्षेत्रमा क्षमता विकासको गतिविधि गरेका छन् । सडक आयोजनाबाट र्सवसाधारणले आयआर्जन बढाउनुका साथै करोडौ रुपैया“ बचत गरेका छन् । सडक आयोजनाअर्न्तर्गत चार जिल्ल्ाामा ४ सय ९ किलोमिटर मोटरबाटो निर्माण भएको छ । यसका लागि डीएफआईडीले करिब दर्ुइ अर्ब रुपैया“ खर्च गरेको छ ।    

सडक यातायातको पहु“च विस्तार भएपछि दर्ुगमवासीका लागि व्यापार व्यवसाय, जीविकोपार्जन र आवागमन सरल भएकोे छ । बेलायत सरकारको आर्थिक सहयोगमा ओखलढुंगाको जयरामघाट-दिक्तेल ७८ किलोमिटर, दिक्तेल-चिहानडा“डा-भोजपुर ९१ किमि, धनकुटाको लेगुवा-भोजपुर ६६, एयरपोर्ट-भोजपुर ६ किलोमिटर, संखुवासभाको खा“दबारी-छ्याङकुटी ६, चैनपुर-नुनधाकी २०, बाह्रबिसे-चैनपुर ३६, तेह्रथुमको म्याङलुङ-वसन्तपुर २६, इसिबु-म्याङलुङ ४०, र इसिबु-संक्रान्ति बजार ४० किमि मोटरबाटो निर्माण भएको छ ।

सन् २००६ मा पूरा गर्नुपर्ने यी सडक सशस्त्र द्वन्द्वका कारण एक वर्षढिलो सम्पन्न भएका हुन् । भोजपुरको घोडेटार र दिङला, दिक्तेलको खोटाङ, ऐसेलर्ुखर्कलगायत सडक डीएफआईडीले रकम अभाव देखाउ“दै बन्द गरेको थियो । सडक निर्माणबाहेक शिक्षा, स्वास्थ्य, रोजगारी, जनचेतना अभिवृद्धि गर्दै आयमूलक कार्यक्रम सञ्चालन

भएका छन् ।

ग्रामीण पहु“च कार्यक्रम भोजपुरका टोली प्रमुख प्रमोद उपाध्यायले भोजपुरमा मात्रै पा“च हजार जनाभन्दा बढी र्सवसाधारणले रोजगार पाएको बताए । हरेक श्रमिकले कमाइको दस प्रतिशत बचत गरेका छन् ।  भोजपुर-चिहानडा“डा र एयरपोर्ट खण्डमा ३७ करोड ३८ लाख ७२ हजारमध्ये २० करोड ५० लाख रुपैया“ श्रमिकले पाएको र्‍याप भोजपुरका टोली प्रमुख प्रमोद उपाध्यायले

बताए । नवनिर्मित सडकमा

यातायात आवागमन गर्नसक्ने भएको ग्रामीण पहु“च कार्यक्रम धनकुटाका

इन्जिनियर पे्रम शर्माले बताए । कार्यक्रमले मोटरबाटो सडक

विभाग र जिविसलाई

हस्तान्तरण गरेको छ । 

Posted on: 2008-07-04 23:25:05

Source : http://kantipuronline.com/kolnepalinews.php?&nid=152531

Read Full Discussion Thread for this article