Posted by: prabhat41 July 4, 2008
poem
Login in to Rate this Post:     0       ?        

के नै छ र तेस्तो झझल्को देखाउने ,
फाटेको चित्त, भत्केको मन र सुकेको आसू सिबाय|
के नै छ र प्रेरणादायी ,लोकलाई अनुकरण  गराउने ,
गरीबी,मगन्तेपन र पराधीनता सिबाय ?

कती दिन गाउने पुर्खाले छोडेर गयेको अमरगाथा ?
त्यों किल्ला कांगडा ,र नाला पानीको भाका ,
बरु ,बिर्सन सकिन्न !!!!
सुस्ता,काला पानी र लक्ष्मण पुर माँ दुखेका घाऊ हरु ,
देश नै खग्रास ले निल्न लाग्दा बल्जेका ब्यथा हरु ?

Read Full Discussion Thread for this article