Posted by: Rahuldai July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

पोखिएर घाम झुल्का भरी संघारै मा,
तिम्रो जिन्दगी को ढोका खोलुं खोलुं लाग्छ
सयपत्री फूल टिप्दै फक्री अंगनै मा
बतास को भाका टिप्दै बोलुं बोलुं लाग्छ ।


कति कति आँखाहरु बाटो छेकन आउछन,
परेलिमा बास माग्न कति आँखा धाउछन
यती धेरै मनिषाका यती धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा रोजुं रोजुं लाग्छ।


उडुं उडुं लाग्छ किन, प्वाँख कहिले पलायो,
मनको शान्त् तलाउ को पानी कसले चलायो,
आँफै लाई थाह छैन, कसलाई थाहा होला,
त्यसैले त तिमीसंग सोधुंसोधु लाग्छ।

हरिभक्त कटुवाल को यो सुन्दर रचना मा नारायण दाई को जादुमय आवाज।

 

Pokhiyara gham ko jhulko - Narayn Gopal
 
 
 
 

Read Full Discussion Thread for this article