Posted by: miss_ me July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

:)
'
के छैन यँहा
?
के नपाए जस्तो
के नपुगे जस्तो
सुषुप्तमेरा चाहना हरु
कतै गुम्सिएको जस्तो
भाउन्न हुन्छ मलाई
अनायास मुड्कि बज्रिन्छ टेबलमा
खत्र्याक्क आवाज
फोटो फ्रेम भुइमा देख्छु
म त्यो हातमा लिन्छु अनि हेर्छु
तिमी मुस्कुराउदै सोधिरहेकी
किन रिसाएको?”
पूर्णताको आभास हुन्छ मलाई
जुरुक्क उठ्छु म झस्किएर
ठिक अगाडी
भित्ताको ऐना मलाई हेर्दै मुस्कुराइरहेको
हत्तेरिका!!!!!'

अभिवादन!

 चिप्ळे जी,  नेत्रे, बसन्ती दिदी, दिपिकासिस, प्रितीसिस,  जिम्माल बा, राहुलदाई, म नि आए है तारेमाम  अर्दै:)

लौ म नि लिन्छु है  च्या  र बिसउट ।रिठ्ठेले हिजो खानै दिनु भएन :(

 

Read Full Discussion Thread for this article