सबैलाई एउटा अनुरोध:
कथा लेख्न सुरु गरियो, चौतारी धागोमा आउने सबै साथिहरुलाई समेटेर एउटा काल्पनिक नेपाली पहाडि गाउँको र त्यहाँको जीवन चित्रण सहित्। घटनाहरुका उतार-चढाव सुख-दुख, साथि-शत्रु, धर्म-पाप, र जे जस्ता कुराहरु हाम्रा गाउँ-घर र जीवनमा घट्छन ती कुराहरु समावेश गर्दा रमाइलो र अर्थपूर्ण समेत हुन पुग्ने सम्भावना देखिएला। यस्तोमा कुनै चरीत्रको राम्रो पक्ष र कुनै चरीत्रको खराब पक्ष हुन सक्छ घटना र परिस्थीती अनुसार। कथाको सुरुमा नै नामहरु हामिले प्रयोग गर्ने नभएर अरु कुनै काल्पनिक नाम भएको भए, स्वतन्त्र रुपले कथा अगाडि बढाउन सजिलो हुन्थ्यो होला, तर हामिले देखेको र पढेको नाम प्रयोग गर्दा कतै कसैलाई व्यक्तिगत रुपमा चिमोटे जस्तो अनुभव हुन पनि सक्छ कथाले प्रतिकुल मोड लिँदा, र यसरि रमाइलो बनाउन खोज्दा खल्लो लाग्न सक्छ। अर्को कुरा, चौतारी धागोमा यति धेरै पात्रहरु नभएको भए कथा जन्मिने पनि थिएन! कथा जन्मियो र लामो बन्दै गयो यो तपाइँहरुकै देन र साथ हो। एउटा अनुरोध के भने, तपाइँहरु कस कसलाई, चरित्रको कतिसम्मको खराब पक्ष, घटनाको कतिसम्मको प्रतिकुलता पाच्य छ? यो थाहा पाउन पाए अझ रमाइलो बनाउन सकिन्थ्यो कि भन्ने लागेको के।