Posted by: Amazing July 2, 2008
Rato Bungalow?
Login in to Rate this Post:     0       ?        
Just sharing the news

काठमाडौं मोडेल कलेज ः नामअनुसार काम
 आठ वर्षघि स्थापना भएको काठमाडौं मोडेल कलेज, बागबजार स्थापनाको छोटो अवधिमै नमुना शिक्षण संस्थाको रूपमा स्थापित भएको छ । काठमाडौं मोडेल कलेजले हासिल गरेको प्रगति हर्दा तडकभडक र ठूल्ो भवन भएको शिक्षण संस्थाले मात्र राम्रो शैक्षिक गुणस्तर कायम राख्न सक्छन् भन्ने धारणा गलत सावित भएको छ । राम्रो 'टिम वर्क' भयो भने सीमित स्रोत साधनबाट पनि महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ भ्न्ने उदाहरणका रूपमा काठमाडौं मोडललाई लिन सकिन्छ । काठमाडौं मोडेल कलेज किन साँच्चिकै मोडल हुन सफल भयो त - कलेजका निर्देशक रामेश्वर अर्याल भन्छन्, 'कुशल व्यवस्थापन, अनुभवी शिक्षक तथा प्राध्यापक, अनुशासित एवं शैक्षिक वातावरण, भौतिक पूवाधारको उचित व्यवस्थापन र विद्यार्थीको अथक लगनशीलताले गर्दा सफलता प्राप्त भएको हो ।'

 पाँच वर्षता विशिष्ट श्रेणीसहित उत्कृष्ट नतिजा ल्याउन सफल यो कलेजले गुणस्तरमा झनै फड्को मार्यो ।  हजारौंको संख्याबाट निकै छानेर विद्यार्थी भर्ना गर्ने गरेका कलेजहरूको भन्दा धेरै राम्रो रिजल्ट छ, यसको । २०६४ सालको कक्षा १२ को परीक्षामा ३ सय विद्यार्थी सहभागी रहेकोमा ७२ जना विशिष्ट श्रेणी, २११ जना प्रथम श्रेणी र १७ जना द्वितीय श्रेणीमा पास भए भने यस कलेजबाट पास भएका १४ जना विद्यार्थीले एमबिबिएस र इन्जिनियरिङको छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । 

अहिलेसम्म प्लस टु, बिए, बिबिए, बिबिएस र एमएमा विद्यार्थीले प्राप्त गरेको उत्कृष्ट नतिजा र विद्यार्थ्र्ले पाएको अवसरलाई मूल्यांकन गर्दा यो कलेज 'अकबरी सुन' सावित भएको छ । 

विज्ञान, व्यवस्थापन र मानविकीमा कक्षा ११ मा ४७० विद्यार्थी भर्ना लिने उक्त कलेजमा कक्षा ११ र १२ मा विज्ञानको मासिक शुल्क २ हजार, व्यवस्थापनको १ हजार २ सय र मानविकीको १ हजार छ र विज्ञानतर्फकक्षा ११ को भर्ना शुल्क १९ हजार छ भने व्यस्थापन र मानविकीमा १२ हजार छ ।

From : Samay Saptahik

Read Full Discussion Thread for this article