Posted by: Rahuldai July 2, 2008
पुरानो घाऊ !!!!!
Login in to Rate this Post:     0       ?        

पुरानो घाऊ 

पुरानो घाऊ  कोट्याउन न आउ
पुरानो नाउ पल्टाउन न आउ।

पीडा पालें, ब्यथा हुर्काएर जिएं 
पुरानो पाउ चोख्याउन न आउ।

पलपलमा फसें, दलदलमा धसें 
पुरानो दाउ दोहराउन न आउ।

सर्बस्व   लुटाएं, बर्चस्व गुमाएं
पुरानो   साहु,  उठाउन न आउ।

  

 

Read Full Discussion Thread for this article