Posted by: Rahuldai July 2, 2008
Login in to Rate this Post:
0
?
पुरानो घाऊ
पुरानो घाऊ कोट्याउन न आउ
पुरानो दाउ अल्झाउन न आउ।
पीडा पालें, ब्यथा हुर्काएर जिएं
पुरानो पाउ चोख्याउन न आउ।
पलपलमा फसें, दलदलमा धसें
पुरानो दाउ दोहराउन न आउ।
सर्बस्व लुटाएं, बर्चस्व गुमाएं
पुरानो साहु, उठाउन न आउ।