Posted by: bikash kc June 30, 2008
ONE MADESH,ONE PROVINCE RE?
Login in to Rate this Post:     0       ?        

मधेसवादी दलको दावी गर्ने तीन दलले समग्र तराइ बेल्टलाई एक प्रदेशका रुपमा परिभाषित गर्दै एक मधेस एक प्रदेशको माग अगाडि तेर् याएर संविधान सभा बैठक अवरुद्ध बनाएपछि अहिले समग्र तराई मधेस हो कि तराई हो भन्ने बहस शुरु भएको छ । एक मधेस एक प्रदेशको माग गर्नेहरु सबै तराइ मधेस हो भनिरहेका छन भने तराइमा बसोबास गर्ने पहाडेमुलवासी र थारुहरुले मधेस शब्दप्रति आपत्ति जनाउंदै तराई शब्दको प्रयोग गर्न आग्रह गर्दै आएका छन ।
तराई केन्द्रित पार्टीहरुमा चुरे भावर राष्ट्रिय एकता पार्टीले चुरे क्षेत्रमा रहेका पहाडेमुलवासी नेपालीको प्रतिनिधित्वको दावी गर्दै आएको छ । यसले एक मधेस एक प्रदेशको घोषणा भए हतियार उठाउने चेतावनी िदंदै आएको छ ।
उता तराइको आदीवासीको दावी गर्दै आएका थारुहरुले पनि एक मधेस एक प्रदेश र मधेस शब्दप्रति आपत्ति जनाउंदै हजारौं वर्षदेखि तराईमा बसोबास गर्दै आएका आदिवासी जनजातिका भाषा संस्कृति र स्वाभिमानलाई कुल्चेर सिङ्गो तराईलाई मधेसीकरण गर्ने विषय कुनै हालतमा स्वीकार्य र सह्य हुननसक्ने चेतावनी िदंदै आएको छ । थारु समुदायको नेतृत्व थारु राष्ट्रिय मुक्तिमोर्चाले गर्दै आएको छ ।
सिङ्गो तराईलाई मधेसीकरण गर्न राष्ट्रिय अखण्डता र सार्वभौमिकताका निम्ति समेत प्रतिउत्पादक हुने मोर्चाको ठहर छ । उसले संविधानको पहिलो संशोधनमा सिङ्गो तराईलाई मधेस लेख्ने कुरा नै त्रुटिपूर्ण रहेकाले संविधानको पाँचौं संशोधनमा मधेस शव्दावलीको सट्टा तराई शव्द उल्लेख गर्न माग अगाडि सारेको छ ।
तर मधेसी जनअधिकार फोरम सदभावना पार्टी र तराइ मधेस लोकतान्त्रीक दलका नेताहरु भने एक मधेस एक प्रदेशको नाराका साथ निरन्तर संसद अवरुद्ध बनाउंदै वार्गेनिगंको राजनीतिलाई तताइ नै रहेका छन

http://www.hamroblog.com/?p=322

Read Full Discussion Thread for this article