Posted by: Birkhe_Maila June 30, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

चौतारी सदस्यता प्रदान।

भर्खरै चौतारीलाई प्राप्त सदस्यता/भर्ना सम्बन्धी निवेदन उपर कार्वाही हुँदा, निवेदक श्रीमान/श्रीमती/सुश्री ज्योतिके (आफैँ मिल्दो सम्मान काट्नुहोला) को निवेदन चौतारी मन्त्रीपरीषद्ले स्विकार गरेको व्यहोरा जानकारी गराइन्छ। साथ साथै निजले निवेदनमा आफ्नो न्वारन आफैँले गर्ने पराक्रम देखाएकोमा उक्त पराक्रमलाई सम्मान गरिँदै उनको नाम अब देखि चौतारीमा 'ज्योती जम्मरकट्टेल' रहने छ। निजको चालचलन, भावभङ्गीमा, सिप तथा कुशलतालाई मध्यनजर राख्दै एउटा नयाँ चौतारी बिभाग गठन गरि निजलाई उक्त विभागमा एक बरिष्ट पद समेतको व्यवस्था चौतारी मन्त्रीपरीषद्ले गरेको छ। निजले खाइपाई आउने विभाग तथा पद यस प्रकार रहने छ-

ज्योती जम्मरकट्टेल- प्रा. डा. तथा प्रमुख मनोवैज्ञानीक तथा परासामाजीक साहित्य प्रष्फुटन बिभाग।

साथै निजलाई निजको कार्यालय देखाऊने, कार्यबोझ बुझाऊने तथा अखण्ड चौतारीका खण्ड खण्ड चिनाउने र साथ साथै चौतारीका बिभिन्न औतारीहरुबिच चिनजानको कार्यक्रम मनोरंजन सहित गर्न गराऊन यहि चौतारी रसरंग बिभागका प्रमूख श्री लहरेकान्त लाकौलको अध्यक्षतामा एक सदस्सिय 'जम्मरकट्टेल चिनजान आयोग' गठन गरिएको व्यहोरा पनि यसै सुचना मार्फत जानकारि गराइएको छ।

 

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

 

 

Read Full Discussion Thread for this article