जिम्माल बा अब जदौ अर्न छोडेर सलाम अर्नु पर्यो हउरलै ।हरेनारान त्यति विधि मुया अर्ने मेरा सिसहरु अब भान्जी र छोरी हुने भए --- लौ ठिकै छ तितु सअ भेट हुनि भा'सि --- :)
मैले पहिले लेखेको सानो गन्थन है त मैले नाम फरक पारेर राखेको सान्दर्भिक लाग्यो के तर जिम्माल बाले लेखेको जत्ति जीवन्त र ग्रामिण परिवेसको नहुन सक्छ तर मेरो प्रयास – 'कथा जिम्माल बाको ब्यथा नलिखुट्टाको-पहिलो भाग' ( जिम्माल बा रिसानी माफ है )-------------------------------------
’प्लिज मेरो ममी बनदिनुस न आज’-- झस्किन्छु ,स्तब्ध हुन्छु,म भित्र छुपेको ममता उथुलपुथुल हुन्छ। म प्रति उस्को लगाव झन झन बढेको पाउछु । किन किन उस्लाइ छातिमा राखेर रुन मनलाग्छ । उ मेरि होइन तर मेरो मुटुमा बसेकि छे।उ मेरो अंश होइन तर मेरो ममताले रंगिएकि छे। उ मेरी हुदै होइन तर पनि मेरो सुख र दुखमा सहभागि भैदिन्छे । उस्को अनुहार मलिन हुदा मलाइ पिडा हुन्छ ।उस्को आँखामा आँशुमा देख्दा मेरो परेलि रसाएको पाउछु म। म उसको कुनै पनि अनुरोध नकार्न सक्दिन ।
’तिमी के भएकी?’ म नचाहादा नचाहदा पनि उ प्रति असहमति देखाउने प्रयासगर्छु।
’हेर सानो मान्छे ज्ञानी हुनपर्छ ।ठूलो ले भनेको मान्नु पर्छ ।‘एकतर्फि अधिकार प्रयोग गर्छु म।
‘हस म हजुरले भनेको मान्छु। ल आज मेरो ममि बन्दिनुस न’ फेरि उहि शब्द दोहर्याउछे –
‘किन?’ मैले म भित्रको ममतालाई दबाउने कोशिस गर्दै प्रतिप्रष्न गर्छु।
उस्को निर्दोष आँखा मतिर घुमाउदै भन्छे---
‘आज अभिभावक दिवस अनि रिपोर्ट-कार्ड पनि दिने रे मिसले भनेको।‘
‘स्कूलमा बाबा ममि जानुपर्छ रे सबैको बाबा ममि आउछ अनि मेरो चै .....’उ बिचमै रोकिन्छे ।मानौ उस्को गला अबरुद्द हुन्छ।
म अलमल्लमा पर्छु ।उस्को पिडालाइ सहन गर्न सक्ने क्षमता म भित्र छैन।मेरो मन दुइ टुक्रा हुन्छ ।म कसरी उस्को आमा बनू ?!समाज, चळन, मेरो परिस्थिति ले मलाई औला तेर्स्याएको अनुभव गर्छु म।
अर्को मन उस्को विवसता र पिडालाइ महसूस गर्न थाल्छ ।मेरो मन कल्पिन थाल्छ, मेरो सानो साथले उ भित्र आत्मविस्वास पलाउछ भने, म उस्लाइ किन साथ नेदउ त ? मैले उस्को स्कूल जानु पर्छ।यो नै मेरो उ प्रतिको सच्चा प्यार हो- चोखो ममता हो ।सबै सामाजिक परिबन्धहरु रितिहरु मेरो लागि तुच्छ लाग्छन।मेरो परिस्थिति – त्यो त मेरो आर्जन हो , मेरो भावना मेरो जित बनेर आउछ ।सहास जागेर आउछ । म उस्को कपाल सम्याउदै भन्छु –
‘ल जाउला नि त तिम्रो स्कूलमा, बरु भन तिंमी ‘म’ को भनेर चिनाउछ्यौ त तिम्रो साथीलाई?’मैले उ भित्रको ‘तिरू’ पढ्न चाँहे।
‘मेरो ममी’।उस्ले सजल आँखा भित्र चमक ल्याउदै एक निमेषमै जवाव दिन्छे।
उसको अनुहारको खुशी सजिलै पढ्न सक्छु म । मलाइ कता कता मिठो अनुभुति हुन्छ, आन्नद लाग्छ मेरो टुक्रिएको मन जोडिएको आभास हुन्छ।
कुनै अपरिचित बुढोमान्छेसंग ६ वर्षकी सानी बच्ची स्कूलको झोला बोकेर मेरोमा बस्न आएकि थिइ। मलाई अनौठौ लागेको थियो न उस्को आँखामा आशु थियो न उस्को अनुहार उदास न खुशी न हाँसो।लाग्थ्यो मानौ उस्ले सबै झेली सकेकि छे, जीवनको यात्राको शुरुवात संगै उस्ले यो कलिलो उमेरमा निकै उकालि ओराली पार गरेकि छे। खै किन किन उस्को आगमन संगै म भित्र एककिसिमको खुशी भित्रिएको थियो उस्को पिडाभन्दा बढि।
‘आन्टी म तयार भए’ सेतो र निलो स्कूल ड्रेस अनि हातमा टिफिन लिदै उ मेरो नजिकै आएर भन्छे
उस्को यो ‘आन्टी’ मलाइ मनै पर्दैन । अघी भर्खर देखि म भित्र कुनै नया भावना संप्रेसन भएको छ । लाग्छ उस्ले ‘ममी’ भनेर बोलाओस। J मेरो हात समातेर हिडोस् ,मेरोआँखा भरि छाइरहोस उसको हसिलो अनुहार। म उस्लाइ आँखै नझिम्काइ हेरि रहन्छु – उ भित्रको बालसुलभ लज्जालुपन मलाइ निकै मनपर्छ । दुबै गालामा चुम्बन गरू गरू जस्तो लाग्छ, अनि छातिमा टाँसेर हृदय भरिको ममता छताछुल्ल पोखिदिऊ जस्तो लाग्छ ।उ मेरो नजिकै आएर हात समातेर भन्छे ‘चाँडो जाने के’ म भित्रको मातृत्व उर्लिएर आउछ ठ्याक्कै मेरो कल्पना मेरो वास्तविकतामा परिणत भएको पाउछु म।मन भित्र कता कता रमाइलो तर अनौठो लागेर आउछ। उस्कोअनुहारमा उस्कै बाबाको आकृती धेरै देख्छु म। उस्का आँखा निकै चम्किला तर अलिक साँगुरा छन । हेराइ निकै गम्भिर छ तर बानी चुलबुले छ- छिनछिनमा बदलिन्छ । म उस्को हात समातेर स्कूल तिर लाग्छु। उस्को मुहारमा नया कान्ति फैलिएको छ। फुरुंग हुदै चारै तिर हेर्दै निर्धक्क हिड्दै छे उ।
‘आन्टी मेरो मिस’- उस्ले पर बाट आउदै गरेकी शिक्षिकालाइ औला ले देखाउदै भन्छे।
‘आन्टी होइन ममी भन’—उस्को आँखामा हेर्दै मैले सचेत गराउछु—एक्कासी कहाँ बाट फुस्कियो त्यो शब्द मआफै मा स्तब्ध हुन्छु। उस्ले म तिर टुलुटुलु हेरिरहन्छे। उस्को अन्तर्मनले शायद यो स्विकार्न नसकेको हुनुपर्छ।
‘मिस नमस्ते!’ उस्ले टाढैबाट नमस्कार गर्छे । उस्को परिपक्वता देखेर म अचम्म पर्छु। ‘’मेरो ममि” उस्ले अक्मकाउदै मेरो परिचय गरिदिन्छे । शिक्षिका मुस्काउदै म तिर हात बढाउछिन। म हात जोड्छु। केहि भन्न खोज्छु तर निशब्द उभिइरहन्छु । पहिलो पटक आप्नो परिचय लुकाएकी छु मैले। कता कता नमिठो लागेर आउछ ।
‘यसपटक तितौरीले पहिले भन्दा राम्रो गरेकीछिन।चित्रकला प्रतियोगितामा पनि प्रथम भएकीछिन’-शिक्षिका उसको टाउकोमा हात राख्दै कुरो शुरु गर्छिन।
‘होर?’
‘हो त तपाइलाइ थाहा छैन र ,तितौरीको चित्रहरु निकै आकर्षक र अर्थ पूर्ण हुन्छन। सानै उमेरमा पनि उनि यति राम्रो चित्र कोर्न सक्छिन।‘
शिक्षिका कक्षा कोठामा प्रवेश गर्दै देखाउछिन – ‘ल हेर्नुस त त्यो पर भित्तामा टाँसेको चित्र –तपाई विस्वास गर्नु हुन्छ यो चित्र तितौरीले बनाएको’’ – सानो तलाउ वरिपरि फुलहरु फुलेको छ सफा निलो पानी र सानो ठूलो माछाहरु पौडिदैछन। नझिकै पहाड ठूलो ठूलो ढुंगाहरु र माथि पहाराबाट खसेको छहाराले प्रकृतिलाई निकै सुन्दर बनाएको छ। वनको नजिकै अलि पर सानो पराले झुप्रो र नजिकै पाखामा गाईचरन रहेछ।चित्रले प्रकृती र जीवनबिचको सबन्धलाई सरल तरिकाले प्रस्तुत गरेको देखेर आश्चर्यचकित हुदै सोधे 'कसले सिकाइको यो बनाउन तिमीलाई?—मलिन अनुहार लाउदै तिरूले जवाफ दिन्छिन – ‘हजुरबाले’
क्रमस:---
( कम्पयुटर ले धोका दे'र बर्वाद नै गर्यो-- एउटा राख्छु भन्दा अर्को परेछ मिलाउछु भन्दा कम्पुटर नै बिग्रियो :( खै अहिले कस्तो भयो ?--अरु नि लेख्दै जानेहो जे पर्ला पर्ला :P)