Posted by: sajhabusaima June 26, 2008
Bides janu niee nepali ko uudesya vaesakyo !!!!!!!
Login in to Rate this Post:     0       ?        
यो तल कसैको जिन्दगि मा भएको घटना को आधार मा लेखिएको हो। हुन त म कबि होइन तर केहि लेख्ने प्रयास । गल्ति हरु धेरै छन मिलायर पडनु होला।


यस्तै रहेछ याँहा को चलन,
देशले केहि दियन भन्छौ, आफुले दिएको केहि होइन
देश र जनतालाइ गरिबि ठान्छौ, परिबर्तन बिदेशले ल्याएको  छैन।
खाना खायौ, हरेकदिन सोध्थे तल्लाघरे काका, लन्डन छिरे कमाउन पछि लाग्यो (सरकारि) डाँका।
हिथ्रो छिर्न भ्याएको छैन फिङ्गर प्रिन्टस चाहियो, ३ महिना मा बल्ल बल्ल पोर्टर्स काम पाइयो।
काम त पोटर्स ठिकै थियो, पैसा पनि त्यस्तै
आएको पैसा बनाउछु भन्दै भए  म त  ब्यस्तै ।
हुन पनि १० घन्टा, भाँडा माझ्दै जान्थ्यो, बाँकि भाको समयमा जिउ ले के को सुत्न मान्थे ।
यथार्रथ त परिवार लाइ बोल्नै सकियन, आँखा बाट बग्ने आसु  रोक्नै सकियन ।

तल काम माथि बसाइ, साथि धेरै भय
दिग्दारि र परेशानि हटाउन, पव मा पिउन गय
पहिलो दिन त तितो टर्रो, पछि मिठो भयो
त्यस पछि त  चिप साइडर कति गयो गयो ।
दाम त खायो साइडर ले काम पनि खायो
५० बर्ष जेठि गोरि आफुलाइ प्यारो भयो।
गोरि भन्नछे बिहे गर, घर मा स्वास्नि छ
नगरौ त सडकछाप, गरे भासिन्छ ।
ड्याङका मुला सबै एउटै बिबाह गर्न भने
हो त हो कागज हुन्छ भनि मैले पनि माने।
के को कागज मात्र हुन्थयो हजुर, बोक्सि रहिछ गोरि
होम अफिस ले कागज पाएको छैन भइ सक्यो  छोरि।

काम त पाइयो लिडल मा, जाँड को लिडर भइयो
अलि अलि कमायको खुवाउन लाडब्रुक गइयो
के को हुन्थो  हजुर, त्यो त बोक्सि रहेछ
खल्ति मात्र होइन क्रेडिट पनि गयो
छोरो लाइ लन्डन मा कसैले १ रुपयाँ नपत्याउने भयो।
पैसा छैन चाइल्डसपोर्ट, काउन्सिल को चिठि
गोरि धेरै बुढि भइ चाहियो जवान ठिटि।
घरबाट निक्लि भन्छे रात दिन गोरि
आफुलाइ हेर्दै कालो मुख लाउछे एउटि छोरि।















Read Full Discussion Thread for this article