Posted by: MR_TRUTH June 24, 2008
मूला नेपालीहरु
Login in to Rate this Post:     0       ?        

 गोर्खाल्याण्ड खुकुरीले जन्माउने छ


पृथ्वीवीर सुब्बा
 
ुहामी गोर्खा राज्यको माग बाहेकका विषयमा छलफल गर्न राज्य सरकारले बोलाएको ठाउँमा जादैनौंु पश्चिम बंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले गोरखा जनमुक्ति मोर्चालाई वार्ताको निम्ति पत्र पठाएको भन्ने प्रसंगमा मोर्चाका केन्द्रीय अध्यक्ष विमल गुरुङले भने- ुमुख्य माग बेग्लै राज्यको हो । त्यसलाई छाडेर दार्जिलिङको विकास निर्माणबारे मात्र छलफल गर्ने पक्षमा हामी छैनौं ।

धेरै गोर्खाहरुलाई एउटै चिन्ता छ-सुवास घिसिङ जस्तैगरी केन्द्रीय खुफिया संस्था ुरु को मोहमायामा विमल फस्ने हुन् कि  तर युवापुस्ता भने यो मान्न तयार छैन । एक नेपालीभाषी पुत्र प्रशान्त तामाङलाई िसंगै भारतको आकाशमा फैलाउने योगदान विमलकैं हो । उनले दुई चार करोड भारुको प्रलोभनमा गोर्खाली एकता र आवाजलाई पक्कै धिक्कार्ने छैनन् होला । यो आश र विश्वास तमाम गोर्खाल्याण्डवासीको मनमा छ । झन् युवा िपंढी त आफ्नो जातीय गौरव र प्रतिष्ठाको लागि जे पनि गर्न तयार छ

हुन पनि दार्जिलिङ भारतको भूभाग होइन । भारतीय शासक वर्गले नेपालका जोइटिङ््ग्रे शासकलाई ख्याल-ख्यालमै झुलाएर लिएको जमिन हो यो । हामी दार्जिलिङेहरु के चाँही जायज मान्छौं भने ुनो म्यान्सल्याण्डु भनेर घिसिङले जो भने त्यो ठीक हो । कानुनी रुपमा हामी दिल्लीका आदेशहरु मान्न मात्र विवश छैनौं कोलकात्ताका निम्छरा शासकहरुको एकलकाँटे उर्दीहरु मान्न पनि विवश छौं । घिसिङले पार्वत्य परिषद्को सम्झौतामा झुकाएपछि एउटा उदाउँदै गएको दार्जिलिङको भाग्य नराम्ररी पातालमा धसियो ।

नेपाली दाजुभाइहरु घुम्न यहाँ आउँछन् रमाइलो छ भन्छन् बि्रटिशकालीन छुकछुके रेल चड्दा ठूलो विकास भएको देखेर हामीलाई धन्यवाद दिन्छन् । ती दाजुभाइहरुलाई धिक्कार्न मन लाग्छ । जो आफ्नो भूमि गुमाउँछ ऊ चुपचाप बस्छ अनि हामीलाई भित्रभित्रै चुसेर खोक्रो पारेर बाहिरपट्टि डेन्टिङपेन्टिङ गर्ने छलकपटपूर्ण शासकको गुणगान गाउँछ । नेपालका नेपालीसँग हाम्रो इतिहासमा मात्र भावनात्मक सम्बन्ध थियो जस्तो लाग्छ । अब त सकियो । नेपालभित्रै नेपालीबीच टोपी झण्डा र दौरा सुरुवालमा खटपट भएको सुन्नुपर्दा हामीलाई नेपाली जनता देखेर दया लाग्छ । ती कस्ता पिपलपाते जनता हुन् जो आफ्नो स्वामित्वमा रहेको सांस्कृतिक धरोहरलाई उल्टाएर पराई शासकको आदेश पालनकर्तालाई खुबै क्रान्तिकारी परिवर्तनकारी मान्छन्

केन्द्र सरकारले हामीलाई गोर्खाल्याण्ड राज्य नदिनुमा नेपालकै शासकको हात छ । अहिले त नेपालका प्रत्येक पार्टीका नेताहरु दिल्ली सरकारसँग झुक्छन् भन्ने सुनिन्छ । हामीसँग अनेकथरी पार्टीका नेपाली मित्रहरु सम्पर्कमा आउँछन् । हाम्रा कतिपय साथीहरु नेपाली राजनीतिक दलका कार्यकर्तालाई सुस्त मनस्थितिका मानव प्राणी मान्नु हुन्छ । के यो सबै नेपालीलाई पच्छ  सीमित देशभक्तहरु त नेपालमा होलान् नि हैन र

साँच्चिकै भन्दा गोर्खाल्याण्ड वासीले अहिले जुन आन्दोलनको खाका कोरेर मैदानमा उत्रेका छन् उनीहरु कतिसम्म दृढ छन् भने बंगाल राज्यसरकार र केन्द्रको नीति यस्तै रहे उनीहरु स्वतन्त्र गोर्खाल्याण्ड राष्ट्रको मागमा प्रस्तुत हुनेछन् । हामी गोर्खाल्याण्डबासीसँग त्यो अधिकार संरक्षित छ र हामी सशस्त्र आन्दोलनमा परिवर्तन हुनासाथ राष्ट्रसंघ र अन्तर्राष्ट्रिय न्यायालयमा पुगिसकेका हुने छौं । गोर्खाल्याण्ड मुक्तिको आन्दोलनले हाम्रो पितृभूमि नेपालका नेपालीलाई समेत फाइदा पुगोस् भन्ने थोरै माया त हामीलाई पनि छ । त्यो हुनुपर्छ किनकि रगत एउटै हो ।

बंगाली र अन्य भारतीयकै तुलनामा उनीहरुभन्दा हामी परिस्कृत छौं । हाम्रा हरेक सामाजिक संस्कारहरुको बलियो बैधानिक वैज्ञानिक गाँठो छ । बंगालीहरुको कुन हो राष्ट्रियता  किन यिनीहरु आज हामीलाई भारत सरकारको छातामुनी बस्नुपर्छ भनेर बाध्यतामा पार्दैछन्  इतिहासदेखि वर्तमानसम्मका घटनाक्रमहरु हेर्दा लाग्छ हामी अत्यन्त संयमित जाति रहेछौं । तर आज हाम्रो संयमता र धैर्यताको बाँध खोतल्ने काम भारत सरकार र बंगाली बाहुल्यको पश्चिम बंगाल सरकारले गर् यो । उनीहरु बंगाली जातिय एकताको सरकारी आडमा नेपाली भाषी हामीमाथि खनिएका छन् । हामीले पुर्खाले थन्क्याएका खुकुरीमा खिया लाग्यो भनेर फालेका छैनौं प्रत्येक क्षण अर्जापेर राखेका छौं । अब हामी गोर्खाल्याण्डको नयाँ इतिहास खुकुरीले लेख्छौं हो गोर्खाल्याण्ड खुकुरीले जन्माउने छ ।

अहिले सिलगुढीका हाम्रा वस्तीहरुमाथि भारतीयहरु आक्रमण गर्न उ_िक्सरहेका छन् । उनीहरुले सत्ताको आडमा शक्तिको भरमा हामीमाथि अन्याय गरिरहेको जगजायर छ । तर नेपालको एउटा पनि राजनीतिक दलले नेता वा कसैले हामीलाई सहानुभूति हुने खालको अभिव्यक्ति दिएका छैनन् । एउटै सन्तानका हामीमाथि अन्याय हुँदा नेपाल नयाँ दिल्लीको घोडा बनिरहन्छ भने हामीले हाम्रै लागि केही गर्नैपर्छ भनेर यसरी अगाडि बढेका छौं । एउटै पिताका सन्तान हामीमा एउटा भाईले नर्कमा मुख जोत्यो भने अर्कोले पनि त्यसै गर्नुपर्छ भन्ने छैन । उसलाई वास्तविकता बुझाउने खालका काम कारबाही गरेर देखाउनुपर्छ जस्तो लाग्छ ।

हाम्रो गोर्खाल्याण्डको आन्दोलनले सिक्किमका नेपालीसँग सहकार्य अवश्य गराउने जस्तो देखिदैंछ । सिक्किमको घाँटी भनेको दार्जिलिङ हो । दार्जिलिङले केही निलिदिएन भने िसंगो सिक्किम भोकै बस्छ । भनेको कुरा के हो भने सिक्किमसँग केन्द्र सरकारको सम्बन्ध जोड्ने हवाई मार्ग छैन जमिन मार्ग दार्जिलिङ भएर मात्रै सम्भव छ ।
हामीले अस्ति त कतिसम्म सुन्यौं भने नेपाल सरकारले दार्जिलिङे नेपालीमाथि कडाई गर्ने रे; कस्तो सरकार र रँज्यका हाकीम छन् नेपालमा  भारतीय सरकारभन्दा अघि बढेर हामीलाई अर्ति उपदेश सिकाउने खोज्ने मार्ग रोज्छन् । उनीहरुले त भित्रभित्रै हामीलाई सहयोग गर्नुपर्ने हो । वास्तवमा भन्ने हो भने नेपाल सरकारले विकास बजेट एक दुई वर्ष होइन १० वर्ष ठप्प पारेर गोर्खाल्याण्ड राज्यको मागमाथि लगानी गर्नुपर्छ । के हाम्रो केन्द्र सरकारका नेपाली नोकरहरुलाई यस्तो कुरा पच्छ कि दिल्लीले दिएको भोजन मात्र पच्छ । -जनधारणा सप्ताहिक
 

Read Full Discussion Thread for this article