Posted by: CaMoFLaGeD June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

लोल रिट्ठे! हे हे हे!! के गर्ने त? जमानै याड को रहेछ। ठुल्दाइ जमाना अनुसार चलिसक्नुभयो हामी चाँहि उहि पुरानो बिधी अप्नाएर नि हुन्छ त? लागियो आफुँपनि आधुनिकिकरण तर्फ! "दिस इज वान स्मल स्टेप फर अ याड बट वान जाइन्ट लीप फर याडकाइन्ड!"

राहुलदाई, लु लु लेखम् रिट्ठेको तिन घन्टे रामकहानी! अनि थाहा हुन्छ को सोझो भनेर! हे हे हे!

मिस, हा हा हा! अब सोझो मान्छे ले लेख्ने कथा सोझो तरिरा कै हुनुपर्यो नि हैन त? के गर्ने मिस आफुँले त सेन्टीमेन्टल कथा लेख्या हो क्यारे, पढ्नेहरु सबै हाँसेर पो बिजोग भयो!

सान्नानी, भनेपछि तिमीलेपनि बिराटनगरको बिहे देखेकी छौ। साह्रै रमाइलो हुन्छ नि? झन केटीहरुले लगाउने इन्डियन लुगाहरु हुन्छ नि लेहेङा आदी इत्यादी त्यो झन राम्रो के!

दिपिका बहिनी के छ हालखबर? पुरानो याद ताजा भएको भए फेरि लेख्ने हो कि?

लहरे बौचा, छु डु हालखबर? सन्चै छौ? धेरै दिनपछि देखे जस्तो भयो नि। साच्ची हराएको थियौ र तिमी? कि मलाई मात्र त्यस्तो लागेको?

बिस्टे ब्रोले चिया पस्केर टाप दिएछ। चिनी कम भा'थियो थप्न मिल्थ्यो कि?

अनि बाँकि सम्पुर्ण चौतारीबासी दिदी बहिनी तथा दाजुभाईहरुलाई यो सोझो कुम्लेको फेरिपनि जदौ!

Read Full Discussion Thread for this article