Posted by: shirish June 24, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

प्रधानमन्त्री कार्यालयभन्दा ठीक एक तल्लामाथि रहेको बिनाविभागीय मन्त्री सुजाता कोइरालाको कोठामा भने ताल्चा झुन्डिएको थियो । शाखा अधिकृत प्रेम शर्मा रेग्मी पनि बाहिर रहेछन् । अर्थात्, बिनाविभागमा पूरै ताल्चा लागेको छ । कोठाअगाडि 'डोरम्याट'भर िपरेवाका प्वाखैप्वाख छन्, धूलो र फोहोरको बयान गरसिाध्य छैन ।
चुनावअघिदेखि नै सुजाता कार्यालय पुगेकी छैनन् । नजिकैको कोठाका एक जना श्रेणीविहीन कर्मचारीले जानकारी दिए, "चुनावको त्यस्तै १५ दिनअघि आउनुभएको थियो ।" संविधानसभा चुनावमा सुनसरी क्षेत्र नं ५ बाट लडेकी उनी चैत दोस्रो साता काठमाडौ“बाट विराटनगर गएकी थिइन् । चुनावमा पराजयपछि उनी कार्यालय फर्केकी रहिनछन् । मन्त्रिपरष्िाद् सचिवालयका ती श्रेणीविहीन कर्मचारीले टिप्पणी गरे, "उहा“ त बरु सिङ्गापुर जानुभयो रे, मन्त्रालय त आउनुभएको छैन ।

 

www.kantipuronline.com

Read Full Discussion Thread for this article