एक हातले आँखा मिच्दै अर्को हातले टाउको समाउदै, मुख चुक खा जस्तो गर्दै रिट्ठे गुन्द्रिमै छट्पटाउदै छ। "हिजा झोलले सक्यो जह्तो स" बर्बराउदै छ रिट्ठे। "ह्या उठेर क्यार्नु स र?" आँफैलाई प्रश्न गर्दै कोल्टे फेरेर सुत्ने प्रयासमा छ। अचानक बसन्ती लाई सम्झन्छ र जर्याक जुरुक उठ्छ। पैसा राखेको पोको छामछ र त्यही गुन्द्रिमा थचक्क बस्छ। आफ्नो वरी परी हेर्छ र मन खिन्न बनाउदै आँफैलाई सराप्छ। "थुइय तेरो ढंग, त्यती जावो पैसोको जतन अर्न नसक्ने ले बसन्तीको के जतन अर्लास?" कैले साउको अस्ती तास खेल्दा लिएको पैचो तिर्ने र बसन्तीलाई पित्तलको सिक्री किनिदिने सपना सपनामै सिमित हुने भयो जस्तो लाग्छ रिट्ठेलाई।
ठुल्दाइ बाँया हातमा एक्काइस पत्ती र दाँया हातको बुढी र चोर औलाको बिच्मा गैंडा चुरोट च्यापेर भुइको तास आँखाले केलाउदै छन। सुन्तले दङ पर्दै "ल मारे, गन सप्पैको पोएट" भन्दै आफ्नो तास भुइमा फिजाउछ। लहरे, "दुइको माल, आठ पोएट", दीप, "टस ग्याममा थिँ, घुम्नै पाएन, ल एक पोएट, चारा माल" भन्दै अरुको माल गन्नमा ब्यस्त हुन्छ। ठुल्दाइ गैंडा चुरोट मुख्मा च्यापेर, दाँया हातले आफ्नो तास फिजाउदै, " थुक्क, एउटा जोक्कर धरी छैन" भन्दै मन्मनै " आजा दिन नि नखेले हुने रेछ, के भा एस्तो नारन?" खुट्टाको तल हात हाल्दै पैसा सोर्छन। एउटा पाँचको नोट मात्रै देखेर, नेप्ची भाउजुलाई सम्झन्छन। "त्यो सोझिको पेवा चोर्या पाप लाग्या हो मलाई, नारन" मन्मनै हार्नुको कारण खोज्छन।
टु बि कन्टिनिउड