Posted by: dipika02 June 23, 2008
मेरो एउटा घर छ
Login in to Rate this Post:     0       ?        

तिम्रो जस्तै मेरो पनि धेरै पर घर छ
बाबा,आमा र भाईलाई मेरै चिन्ता हर पल छ
नातेदारले घर ढाक्दा मेरै बारेमा सोध्छन रे
फोटो हेर्दै  मेरी आमा कती परेली भिजाउछिन रे

सँगै बिताएका क्षणहरु सम्झी भाई अझ भन्छ
हजुर बिना को घर जहिले पनि सुन्य हुन्छ
मेरो कुरा गर्दा अझै बाबाको आँखा रसाउछन रे
स्वाभिमानी मेरी छोरी भनी मन बुझाउनु हुन्छ रे

मेरा साथी घर आउँदा म नै आएको ठान्नु हुन्छ रे
बिमारी ले खाट्मा पार्दा छोरी भनी रुनु हुन्छ रे
कहिले लाग्छ कती स्वर्थी, कर्तब्य पुरा गरेकी छैन
मलाई सम्झी आशु झार्दा, मलाई कहिले थाहा नै हुन्न

गर्न सक्छु केबल यती उहाहरुको सपना साकार पार्न
यही हुन अब मेरा लक्ष, बाटो कहिले भुल्नु हुन्न
बाबा आमा र भाईलाई जस्तै मलाई पनि पिर छ
उहाहरुको सम्झनाले कयौ रात मलाई पनि झकाउछ  

 

चेली कस्तो भाबुक बनायौ मलाई एका बिहानै , एकदम राम्रो लाग्यो तिम्रो कबिता, मलाई पनि मिल्ने    

Read Full Discussion Thread for this article