Posted by: Nepe June 22, 2008
एउटा आशा!
Login in to Rate this Post:     0       ?        

SunNTal-jyu,

पात्रको प्राकृतिकतासंग त म पनि सहमत छु । केवल कथानकमा केही थपेर यसलाई अझ बढी समकालिन बनाउन सकिन्छ कि भन्ने तर्फ संकेत हो मेरो ।

Somwhereonearth-jyu संग भएको मेरो यो सानो विनिमयले यसलाइ अलि बढी स्पष्ट गर्ला । मैले स्पष्ट गरेको छु मेरो आग्रह नारीवादी कथाको बिल्कुलै होईन ।

"मेरो  टिप्पणी के थियो भने कथाका टिभी, गीत आदिको समसामयिक प्रसंग झिकिदिने हो भने यो कुनै पुरानो समयको कथा पनि सहजै बन्न सक्छ । त्यसैले मेरो टिप्पणी समय वा सामयिकतासंग सम्बन्धित थियो ।

महिलाको लैङ्गिक अधिकार चेतनाको समसामयिक प्रश्न/प्रसंग ले छिटपुट रुपमा वा एकबाजी सम्म भएपनि कतै प्रवेश पाएको भए यो कथा वर्णनात्मक तहमा मात्र नभएर वैचारिक तहमा समेत समकालिन हुन्थ्यो कि भन्ने मेरो जिज्ञासा हो ।

मैले नारीवादी कथा लेख्नुहोस् भनेको होईन है । तपाईको कथाको उपसंहार मलाई एकदम पाकृतिक लागेको छ । त्यसलाई बदल्न आवश्यक छैन ।

तर कथाको द्वन्दात्मक चरणमा समसामयिक सामाजिक परिवर्तनहरुलाई उपस्थित गराउने ठुलो लेखकिय अवसरहरु हुन्छन्, त्यो चुक्यो वा छुट्यो भन्ने मेरो आसय हो । जस्तो भनुम् न, बहुविवाहको समकालिन कानूनी बाधा, यौन वा प्रेमसम्बन्धमा आजका महिलाको घट्दो inhibition आदि विषयले कथामा प्रवेश पाएको भए कथा अझ बढी समसामयिक लाग्न पुग्थ्यो कि भन्न चाहेको हुँ ।"

Nepe

Read Full Discussion Thread for this article