Posted by: Rahuldai June 21, 2008
I think Matrika Yadav did right thing, what do you think?
Login in to Rate this Post:     0       ?        

मातृका यादब प्रकरण भन्दा यस धागोमा टिप्पणी गर्नु हुने विद्वान महाशयको दरिद्र मानसिकता उदाङ्गिए जस्तो लाग्यो। हो नेता भ्रष्ट्र छन, ब्यापारी चोर् छन, कर्मचारी भ्रष्टाचारी छन हाम्रो देशमा। त्यो भन्दा नि भ्रष्ट्र आम मानसिकता छ। कसरी फोटो हेरेरै डुन्डु राज घिमेरे भ्रष्ट्राचारी भनेर ठोकुवा गर्नु हुन्छ महाशय? यस्तो तिलश्मी जादु छ भने किन यो म्लेक्ष देशमा ग्यासस्टेशन काम गर्नु हुन्छ? देशमा ब्याप्त अव्यबस्था ठीक गर्न जानु होस्, नेपाल आमा लाई तपाईंको जरुरत छ।
 
होला एल्डिओ घिमिरे को आचरण ठीक छैन रे, एक छिन मानें। कर्मचारी तन्त्रमा सबै जना चोर् फताहा हुँदैनन। फताह चोर् हरुको इमेज हरेक कार्यालयमा अनिगिन्ती अन्य स्तरका कर्मचारीमा स्पष्ट हुने हुन्छ। फलानो हाकिमले यती कमाए, यसरी कमाए भनेर। घिमिरे बिरुद्ध कुनै यस्तो उजुरी पाउनु भएको छ, मन्त्री महोदय , सिधै भ्रस्टाचारी कार्यबाही गरें गल्ती गरेको छैन भन्नु हुन्छ? अझ साझा विद्वान महाशयहरु, तपाईंहरु मध्ये कतिले आँफैले घिमिरे जी पैसा खाएर अनिमियत कार्य गरेको देख्नु भएको छ वा भोग्नु भएको छ?
 
यहाँ निर मलाई थाहा छ, घिमिरे को समर्थन गर्‍यो भनेर आमाचकारि गाली गर्न एक हुल कथित क्रान्तिकारी हरु आउने छन, घिमिरेको नाता पर्ने वा अनेक आरोप पत्र सहित।
मित्र हो, जे सुकै भन्नुस्, नराम्रो कुरा लाई नराम्रो भन्छु र भन्ने छु। सभ्य समाजमा जो सुकै लाई ( हत्यारालाई भए पनि) ट्वाइलेट् मा
थुन्नु राम्रो काम हुँदै होइन, अझ गैर कानूनी त छदै छ।


कुरो बुझ्दै जाँदा, एल्डिओ साप लाई मन्त्री यादबले बोलाएर केही अबैध ढुङ्गा खानि बन्द गर्न आदेश दिनु भएको रहेछ, ३ दिन भित्र। एक त बन मन्त्रिले अरु मन्त्रालयको काम  कार्यबाहिमा हस्तक्षेप गर्न मिअल्दैन। दोस्रो त लिखित आदेश दिनु पर्‍यो। तेस्रो कर्मचारी ले जहिले पनि बिद्यमान नियम कानून को अधिनमा रहेर काम कार्यबाही गर्नु पर्छ। त्यसको लागि सम्बन्धित निकाय, खानी तथा भूगर्भ बिभाग, सीडियो कार्यालय समेत को सहमति चाहियो। यसरी पनि अबैध ठहर् भए बन्द गर्न आदेश दिने गर्नु पर्छ। मुखको भरमा कानूनी राज्यमा चल्दैन।

धेरै जना ले देशमा कानून ले केही गरेको छैन भनेर भन्ने होला। त्यसो भए, कानून संबिधान अनुसार मन्त्रिज्यू किन सपथ खानु हुन्छ? निर्बाचन् आयोगको कानून नियम मानेर किन चुनिनु हुन्छ? तलब भात्ता किन हसुर्न हुन्छ। जंगलमै जानुस्, जंगली राजा गर्नुस्। ट्वाइलेट्  मा मात्र होइन, अन्त जहाँ जहा मन लाग्छ थुन्नुस्। शान्ती प्रकृया मा सामेल भएर देश को मूल राजनीतिमा आए पछी त नियम कानून मान्नु पर्‍यो नि।
 
माओवादी मन्त्री भएकैले यात्रो हल्ला गरेको भन्नु हुन्छ एक थरी विद्वान हरु। माओवादी के खाओबादी ले गरेको भए पनि नराम्रो कुरा लाई नराम्रो भन्नु पर्छ, आफुमा अलिकती पनि बिबेक छ भने। होइन भने जे गरे पनि ठीक छ। राजाको प्रत्यक्ष शासन कालमा पनि केही यादब जस्ता सन्काह छेत्रीय प्राशासकहरुले कर्मचारीलाई ट्वाइलेट् मा थुनेका थिए, त्यती बेला पनि यस्तै बिरोध भएका थिए। हजारौं कर्मचारीहरुले देशमा लोकतन्त्र पुनर्स्थापना को लागि आन्दोलनमा भाग लिएका थिए। ती सब चोर् भए, आफु सत्ता मा पुग्ने
बितिक्कै?
त्यसैलेमन्त्री यादव को ठाउंमा स्यादब भए पनि आमानबिय र गैरकानूनी काम को निन्दा गर्नै पर्छ। एक थरी जसले राम हरी श्रेष्ठ को हत्या पनि स्याबास कामरेड भनेर ताली पिटेका छन, तिनिहरुको हक मा यो लागु हुँदैन। हत्या हिंसा त तिनको संस्कार हो। ट्वाइलेट् प्रकारअण त सानो घाऊ जती पनि भएको छैन।
राजाको शासन पनि यस्तै यस्तै गल्तिहरुको लामो पुलिन्दाबाट सुरु भएर अन्तमा नामोनिशान मेटिए। कंस, हिरण्यकश्यपुर को कथा, कथा मात्र थिएन। बुझ्ने लाई श्रीखण्ड नबुझ्नेलाई रक्त चन्दन।
 
  
 

Read Full Discussion Thread for this article