Posted by: true_nepali June 21, 2008
Maoist Education....or..जनवादी शिक्षा
Login in to Rate this Post:     0       ?        

An example (from HimalKhabar.com)

प्राथमिक तहको पाठ्यक्रममा भाषाविज्ञान, समाजशास्त्र, सैन्यविज्ञान, गणित, राजनीति, अर्थशास्त्र, इतिहास, संस्कृति, ललितकला, अङ्ग्रेजी, नेपाली र स्थानीय मातृभाषा समावेश गरिएको छ। सांस्कृतिक विषयमा शहीद सप्ताह, जनयुद्ध दिवस आदिबारे पढाइन्छ। सैन्य विज्ञानमा सेन्ट्री बस्दा ध्यान दिनुपर्ने कुरा, रोलकल र युद्धको समयमा सुरक्षित हुने कला तथा बन्दुक, ग्रिनेट लगायतका हतियार र युद्धसामग्रीबारे सिकाइन्छ। राजनीतिशास्त्रमा मार्क्स, लेनिन, माढ, प्रचण्डलगायतका कम्युनिष्ट नेताहरूको जीवनी पढाइन्छ भने इतिहासमा बेनी, दाङ, अछामलगायतका क्षेत्रमा माढवादीले गरेका सैन्य कारबाहीहरूको जानकारी दिइन्छ। रुकुम, रोल्पाका केही नमुना स्कूलमा कम्प्युटरसम्बन्धी शिक्षा समेत दिने व्यवस्था गरिएको छ।

रुकुम, रोल्पाका स्कूलमा बालबालिकालाई बिहान पाँच बजे सैन्य व्यायाम गराइन्छ र नौ बजेसम्ममा सैन्य नियमअनुसार लाम लगाएर खाना खुवाइन्छ। साढे नौ बजे स्कूल लागेपछि विद्यार्थीहरू विश्वभरका कम्युनिष्टहरूले गाउने युजे पोत्तरको ' उठ, जाग भोका नाङ्गा... ' भन्ने अन्तर्राष्ट्रिय गीतको भाकासँगै परेड खेलेर कक्षाकोठमा छिर्छन्। त्यसपछि उनीहरू पढ्न थाल्छन्― ' छ ' छापामार, ' ख ' खुकुरी, ' ब ' बन्दुक, ' ल ' लालसेना आदि। माढवादीले कक्षा•१ का लागि प्रकाशित गरेको ' हाम्रो किताब ' को परीक्षण प्रतिको शुरुमै प्रचण्डको मन्तव्य र भित्री पानाहरूमा कम्युनिष्ट झ्ण्डा, जनयुद्धका शहीद र जनसेनाका तस्बिरहरू राखिएका छन्।

Read Full Discussion Thread for this article