Posted by: sumedhu June 20, 2008
I think Matrika Yadav did right thing, what do you think?
Login in to Rate this Post:     0       ?        

मलाई अचम्म लाग्छ , एउटा अनौठो सन्काहा सँधै उटपटाङ गर्न मन पराउने मधिशे भएकै कारणले मन्त्री जस्तो गरिमामय पदमा बसेको छ । हाइपरटेन्सनको बिरामी रहेको यो मन्त्री नामको मानवले एउटा सामान्य विद्यार्थी कार्यकर्ताको शैलिमा बोली र व्यवहार देखाउने बाहेक केही जानेको छैन । अनि उसले बेलाबेलामा सनसनी मच्चाउने अण्टसण्ट गरिरहन्छ र बाँकि मान्छेहरू ' अँ ठीक गरिस्' भन्दै कुम बजाउन आइपुग्छन ।

 

अहिलेको खाँचो पद्दति बसाउनु हो , मन्त्री स्वयं वाइसिएलगिरीमा उत्रिनु हैन । माओवादी मन्त्री भएकै आधारमा जे पनि गर्दा हुने हो भने , माओवादी हत्या र अत्याचारका गतिविधिको छानविन र दण्डसजाँय हुनुपर्ने हुन्छ कि हुन्न, त्यो पनि बताउन पर्‍यो । अहिलेको नेपाली दण्डहीनता र माओवादी दण्डशैलि त संसारको कुनै सभ्य ठाउँमा सम्भव पनि छैन । यस्तो तमाशालाई न्यायको दुहाइ दिएर ताली पिट्नेहरू त मान्छे हैनन् जस्तो लाग्छ , यी अर्ध मनुवा हुन् ।

Read Full Discussion Thread for this article