Posted by: bikash kc June 19, 2008
Tabloid says...the possibility of Madhav Nepal as the president gets strong...
Login in to Rate this Post:     0       ?        
राष्ट्रपति एमालेबाट, प्रधानमन्त्री माओवादीबाट
 :: समाचार
- अमेरिकादर्पण सम्वाददाता
राष्ट्रपति एमालेबाट, प्रधानमन्त्री माओवादीबाट काठमाडौं, २० जुन/ नेपालको प्रथम राष्ट्रपति को हुने भन्ने विवाद चलिरहेको बेला रातारात कुनै नाटकीय घटना मञ्चन भएन भने संघीय लोकतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिमा नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपाल हुने पक्कापक्की भएको छ ।

यस विषयमा माओवादी र एमालेबीच औपचारिक सहमति भैसकेको छ । दुवै पार्टीले औपचारिक रुपमा यसको घोषणा गर्न बाँकी रहे पनि एमालेको समाचारस्रोतले दिएको जानकारी अनुसार नेपालको प्रथम राष्ट्रपति सहमतिको आधारमा नभइ संविधानसभाले चयन गर्नेछ । समाचार अनुसार एमालेले संविधानसभामा आफ्नो पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गर्नेछ भने माओवादीले सो प्रस्तावलाई समर्थन गर्नेछ । दुइ दलले र्समर्थन गरेपछि माधवकुमार नेपाल बहुमतको आधारमा नेपालको प्रथम राष्ट्रपति चुनिनुहुनेछ । तर, माओवादी र एमालेले कांग्रेसलगायत सबै दलको सहमतिमा माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने प्रयास जारी राखेका छन् ।

राष्ट्रपति चयन भएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो राजीनामा राष्ट्रपतिसमक्ष दिनुहुनेछ । उहाँको राजीनामा राष्ट्रपतिले स्वीकार गरेपछि नयाँ प्रधानमन्त्री चयनको लागि राष्ट्रपतिले आव्हान गर्नुहुनेछ । त्यसको लगत्तै दशवर्षे जनयुद्धबाट संविधानसभासम्म आइपुग्दा सबभन्दा ठूलो पार्टीको स्वरुपमा स्थापित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिनुहुने पक्कापक्की भएको छ ।

हिजोको सातदलको बैठकमा एमाले र माओवादीको उल्लेखित सहमतिको संकेत पाएका प्रधानमन्त्री कोइरालाले आक्रोशित मुद्रामा एमाले र माओवादी मिलेर सरकार चलाउनोस् म प्रतिपक्षमा बस्छु भन्ने घोषणा गर्नुभएको थियो ।

source: americadarpan.com
Read Full Discussion Thread for this article