Posted by: bikash kc June 19, 2008
Tabloid says...the possibility of Madhav Nepal as the president gets strong...
Login in to Rate this Post:     0       ?        

नेपालको पहिलो राष्ट्रपति बन्ने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको प्रयास केवल प्रयासमा मात्र सिमित बन्ने सम्भावना बढेर गएको छ । माओवादीले कोइराला राष्ट्रपति बनेमा समानान्तर २ शक्ति केन्द्र रहने निष्कर्षका साथ कुनै हालतमा कोइरालालाइ राष्ट्रपति स्विकार नगर्ने अडानमा अडिग भएपछि प्रथम राष्ट्रपतिको पगरी एमालेको हातमा पुग्ने सम्भावना बढेर गएको छ । तर एमालेको नेतृत्व पक्षले माधव नेपाललाई अगाडि सारेको र माओवादी साहना प्रधानप्रति सकारात्मक रहेकाले यही नै राष्ट्रपतिको उम्मेदवार हो भन्ने स्पष्ट भइसकेको भने छैन ।
विहिवार विहान बसेको तीन दलको बैठकमा जनसेना व्यवस्थापनद्धन्द्धकालमा माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता र वाइसिएलको अर्ध सैनिक संरचनाको अन्त्य गरी राजनीतिक संगठनका रुपान्तरण गर्ने सहमतिका साथ सामान्य बहुमत पाउनेले सरकार बनाउने पक्षमा सहमति भएको थियो । तर राष्ट्रपतिको विषयमा भने सहमति हुन सकेन ।

बुधवार बेलुका माओवादी र एमालेका नेतृत्वविच छलफल भए लगत्तै राष्ट्रपतिका बलिया उम्मेदवारका रुपमा हेरिएका रामराजाप्रसाद िसंहको चर्चा कम भएर एक्कासी प्रधान र नेपालको चर्चा बढेकाले पनि अबको राष्ट्रपति एमालेवाटै हुने सम्भावना बढेर गएको छ ।

माओवादी राष्ट्रपतिमा निष्कृय रवर स्ट्यम्पको पक्षमा देखिएको छ । राष्ट्रपति र प्रधानमन्त्री छुट्टै दलको हुनुहुन्न भनेर राजनीतिक वार्गेनिङ्ग शुरु गर्दा नै उनीहरुले यो अवधारणा अगाडि ल्याएका थिए । प्रधानमन्त्री र राष्ट्रपति छुट्टाछुट्टै दलको हुंदा शक्ति पृथकिकरण हुने र विवाद बढ्ने उनीहरुको निष्कर्ष छ । त्यसैले माओवादी कोइराला र नेपाल जस्ता कि्रयशिल राजनीतिकर्मीको पक्षमा जान सकेको छैन ।कारण कोइराला राष्ट्रपति बनेमा प्रधानमन्त्री बन्ने ब्यक्ति छायामा पर्छननै । नेपाल राष्ट्रीय छवी बनाइसकेका र एक शक्ति केन्द्रको रुपमा स्थापीत भइसकेका नेता हुन । त्यसैले कोइरालालाइ स्वास्थ्यको कारण देखाएर र नेपाललाई संविधान सभामा हारेको भन्दै दुबैको विपक्षमा माओवादी उभिएको छ ।

यदी माओवादी आफ्नै अडानमा अडिग रहने हो भने साहनाको सम्भावना देखिन्छ । हैन राजनीतिक प्याकेजमा सहमति जुट्न सक्यो भने नेपाललाइ समेत राष्ट्रपति स्विकार गर्ने सम्भावना बढेर गएको छ ।

अन्तरिम संविधान संशोधन गरी सामान्य बहुमतमा सरकार निर्माण गरिने र राष्ट्रपतिको चयन समेत सामान्य बहुमतवाट संविधान सभा बैठकवाट गर्ने सहमति भयो र एमाले माओवादी एक भए भने सहज रुपमा बहुमत पुग्छ नै । बहुमतका लागि ३ सय १ भए पुग्छ । माओवादी एमाले मिले भने ३ सय २३ पुग्छ ।

 

http://www.hamroblog.com/?p=296#more-296

Read Full Discussion Thread for this article