Posted by: upendrajee June 18, 2008
Madhav K Nepal- Next President of Nepal
Login in to Rate this Post:     0       ?        

राष्ट्रपतिमा एमाले- माओवादी सहमति

कान्तिपुर संवाददाता

काठमाडौं, असार ४ - राष्ट्रपतिमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विकल्प खोज्न माओवादी र एमाले सहमत भएका छन् ।

राष्ट्रपति पद कांग्रेस सभापति तथा प्रधानमन्त्री कोइरालाको विकल्पमा अर्को व्यक्ति संयुक्तरूपमा प्रस्तुत गर्ने सहमति भएको जानकारी उच्च स्रोतले दिएका छन् ।

माओवादीसित सोमबार भएको द्विपक्षीय बैठकमा एमाले महासचिव झलनाथ खनालले आफ्ना पर्ूवमहासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए ।

यसअघि कांग्रेस र एमालेका नेतालाई राष्ट्रपति बनाउन हुन्न भन्दै आएको माओवादीले बुधबार तीन दलको बैठकमा कोइरालाको मात्र नाम लिएर उनलाई राष्ट्रपति बनाउन नहुने अडान राखेको

थियो । अघिल्लो दिनमात्र नेपाल जनवादी मोर्चाका रामराजाप्रसाद सिंहको नाम प्रस्ताव गरेको माओवादीले यसअघि एमाले नेतृ सहाना प्रधानलाई राष्ट्रपति बनाउन सकिने विचार राखेको थियो ।

माओवादी स्रोतले कांग्रेसलाई छाडेर एमालेसहितका दलहरूसित शक्ति बा“डफा“ड हुने सम्भावना बढेको बताएको छ । एमालेस“ग शक्ति बा“डफा“ड टुंगो लगाउन

नया“ सहमति गरेर जानेबारे छलफल सुरु भइसकेको जानकारी पनि स्रोतले दिए ।

माओवादीले कोइरालालाई स्वीकार गर्दैन भने आफ्नो पार्टर्ीी प्रस्ताव गरेका नेपाललाई तीनै दलले स्वीकार गर्नुपर्ने एमाले नेताहरूले बताएका छन् । 'माओवादीले गिरिजाबाबुलाई मान्दै मान्दैन भने राष्ट्रपतिमा एमालेको दाबी हुन्छ,' नेता नेपालले बुधबार राति कान्तिपुरसित भने ।

प्रमुख तीन दलबीच शक्ति बा“डफा“डबारे बिहीबार बिहान पुनः बालुवाटारमा छलफल हु“दैन । बुधबार दर्ुइ चरणमा भएका छलफलमा माओवादी, कांग्रेस र एमालेबीच अन्तरिम संविधान संशोधन तथा शान्ति प्रक्रियास“ग सम्बन्धित अधिकांश मुद्दामा सहमति भएको नेताहरूले जानकारी दिएका छन् ।

दलका शर्ीष्ा नेताहरूको राष्ट्रपति पदमा विवाद भएपछि शक्ति बा“डफा“ड र सत्ता साझेदारीबारे छलफल अघि बढ्न सकेन । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको चयन र निष्कासन साधारण बहुमतबाट गर्ने, संवैधानिक परिषद्मा विपक्षी दललाई राख्नेलगायतमा सहमति भएको छ ।

सुरक्षा परिषद्मा मन्त्रिपरिषद्मा रहेका दलका प्रतिनिधि र विपक्षी दलका नेता राख्नुपर्ने कांग्रेसले राखेको अडानमा भने ती दलबीच सहमति हुन बा“की छ ।

संविधान संशोधनका धेरैजसो सवालमा सहमति भएपछि ती दलबीच शुक्रबार व्यवस्थापिका संसद्मा सरकारले प्रस्ताव लाने सहमति भएको छ ।

ती दलको कार्यदलले संविधान संशोधन र शान्ति प्रक्रियासम्बन्धमा सहमतिको प्रस्ताव तयार गरी बिहीबार नौ बजे बस्ने शर्ीष्ा नेताको बैठकमा राख्नेछ । त्यसबारे छलफल गर्न अपराह्न सात दलको बैठक बोलाइएको छ ।

Read Full Discussion Thread for this article