Posted by: Nepe June 18, 2008
New Nepal...12 fold more science :-)
Login in to Rate this Post:     0       ?        

Copycat-jyu,

 

मेरो प्रतिक्रिया जान्न जिज्ञासाको लागि धन्यवाद छ है ।

 

यो पुरस्कार नयाँ रहेछ र यसको उद्देश्य र प्रयोजन अलि स्पष्ट नभईसकेको यो आरम्भिक अवस्थामा पुरस्कार घोषणाकै बारेमा चाही टिप्पणी गर्न अलि असमर्थ छु ।

 

जहाँसम्म प्रचण्डको योग्यताको कुरा छ, मेरो विचारमा, यदि योगदानको आधारमा पुरस्कार दिने हो भने प्रचण्डले अहिले पाउनुपर्ने पुस्कार शान्ति पुरस्कार नभएर क्रान्ति पुरस्कार हो । किनभने उनले शान्तिपूर्ण, अर्धशान्तिपूर्ण र अशान्तिपूर्ण लगायतका सबै खाले साधन प्रयोग गरी गणतान्त्रिक क्रान्ति सम्पन्न गर्न करीव करीव निर्णायक वा कमसेकम महत्वपूर्ण योगदान पुर्‍याएका हुन् । अर्को शब्दमा भन्ने हो भने, जहासम्म शान्तिको कुरा छ, प्रचण्डले त्यसलाई साधनको रुपमा, त्यो पनि आंशिक साधनको रुपमा, क्रान्तिको सेवामा लगाएका हुन् । अब त्यसैलाई शान्तिमा महत्वपूर्ण योगदानको रुपमा हेरिएको हो भने, हेर्ने नै जानुन् । तर प्रचण्डको सबभन्दा महत्वपूर्ण योगदान भनेको क्रान्तिमा नै हो ।

 

उनले शान्तिमा पनि पुरस्कारयोग्य योगदान पुर्‍याउन सक्ने ठाउँ छ । कान्तिपुर सम्पादकियमा भनिए जस्तै यदि वा जुन दिन माओवादीको फौजी संरचनाको त्यागपूर्ण अन्त्य हुन्छ, त्यस दिन त्यो त्यागपूर्णताको मुल्यांकन शान्तिको लागि योगदानको रुपमा हुनसक्छ । त्यसैले यस्तो पुरस्कार अलि चाडो कामै नसकिकन भयो भन्ने कुरामा म सहमत छु । तर योगदानको कदरको रुपमा नभएर बरु योगदान गर्न प्रोत्साहित गर्ने प्रयोजनको निम्ति पुरस्कार दिईएको हो भने पुरस्कारको नाम त्यसै अनुरुपको शान्ति प्रोत्साहन पुरस्कार वा यस्तै केही बढी उपयुक्त हुने थियो ।

 

अब एउटा अर्को महत्वपूर्ण पाटो । माओवादीले प्रयोग गरेको अशान्तिपूर्ण वा हिंसात्मक साधनको मुल्यांकन । यसबारे एउटा अलग्गै छलफल उपयुक्त होला । तर दुईवटा कुरा म संक्षेपमा राख्न चाहन्छु । एउटा कुरा जुन मेरो विचारमा सबभन्दा बढी महत्वपूर्ण हो, माओवादीद्वारा (र राज्यपक्षद्वारा पनि) गम्भिर रुपमा पिडीत गैरफौजी सर्वसाधारणको न्यायको मुद्दा । मैले धेरै ठाउँमा लगातार भनिआएको छु, पिडित नागरीकले जुनसुकै बेला पनि न्यायको निम्ति अदालतको ढोका ढकढक्याउन पाउने स्वतन्त्रता स्थापित गरिनुपर्छ । त्यस कुरामा कुनै सम्झौता हुन सक्दैन । बाँकी सम्पूर्ण कुरामा सम्झौता, मेलमिलाप, लेनदेन हुनसक्छ र हुँदा राम्रो पनि हुन्छ । यो कसरी गर्न सकिन्छ र किन गर्नु पर्छ भन्नेबारे अर्को खेपमा ।

 

Nepe

 

 

Read Full Discussion Thread for this article