Posted by: Birkhe_Maila June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

धन्देबात! मजा मान्ने सपैलाई!

कुरो माथि कुरो नि एउडा, हाउँरो दीपले चइनि नयाँ जमाना कुरो निकालेछन्। अब म बुडो पुराना जमाना कुरो निकाल्ने दीप नया जमाना, कुरै कुरा होला जस्तो छ चौतारीआँ!

लु दीपज्यूको नया जमाना---------

 

के मेलो छ हौ सम्धि?" बिस्टेले लौरो ढिक बाहिर पिंढीमा टेकाउँदै सोध्यो।
"के हुनु र सम्धि, जवानीले छोडेर मरी हाल्यो, अब त पुराना दिनहरु सम्झिंदै बसिबसाउ छ"
जवानी त सम्धि नगरबधुहरु भन्दा पनि "बेइमान र छ -- तिनले छोडेको चाल पाईन्थ्यो बरु जवानी त लुसुक्क कुन सडको सुईँकिई सकेछ तरुनीहरुले बाजे भन्दा छाँगाट खसे जस्तो लाग्छ क्यार्नु र--" बिस्टेले पनि झिक्यो आफ्नो कुरा।
"ति चौतारीका दिनहरु पनि कम्ति रमाईला थिएनन नी नारन -- अचेल त चौतारी पनि बिरानो भो" जिम्माल ले खुट्टो मुसार्दै दुख पोखे।
"हो नी सम्धी -- बरु उहीले उहीले ठ्ट्टैमा नली खुट्टोमा धमीरा लागो भन्ने गर्या थ्यो अचेल साँच्चिकै लागो कि क्या हो? मुसारेको मुसारेकै देख्छु"
"हो त सम्धि --पैले पैले जिस्केर भन्दा रमाईलो लाग्थो अचेल साँच्चिकै परे पछि झोंक मात्रै चल्छ आफ्नै खुट्टो देखेर -- अनि सम्धि चै कहाँ सम्म होला कुन्नी?"

"भन्नलाई नभन्नु भन्या छन तर अब आफ्नो सम्धिलाई के ढाँटनु -- त्यो भौते थेन उ बेलाँ बिरक्तेर भास्सीरथो नी -- उसैको बे मा हिनेको उता माने देउरालीमा--"

"हन अस्ति नै पनि बे गरेको हैन तेल्ले? तिनटाँ त म पनि जन्ती गै सकें -- यसपाली त सुईँकै पाइन त मैले --क्यार्न तेसो गरेस त भौते ले मलाई" जिम्मालले दिक्क भा स्वरमा सुनाए।

"तिनटैले छोडेर हिनेसन अनि क्यारोस त नी -- सम्धि जन्ति गर होला बिच्छुक लागेओ भनेर यस पाली "जिम्माले बात" भन्थो अरे भौते भन्ने खबर ल्याइरथो रिट्ठेले" बिस्टेले सुन्या कुरा भन्यो।

"हुन त बोलाकै भए नी जान के सक्थे र यो धमिरे खुट्टो ले र तै पनि त्यसरी अबगाल त पार्न हुँदैन थ्यो नी त्यो असत्तीले -- त्यो तेस्री त तर बिछ्ट्ट् राम्री थिई--त्यो अब के फुर्सद भै छ त? हँ सम्धि?" जिम्मालले टोपी मिलाउँदै सोधे।

"खै के फुर्सद र? भौते सँग झिल्मिले खर्काँ नाटक हेर्न जांदा हुँदी पर्बते सँग त्यो तेस्री एक घण्टा हराई रथी अरे -- त्याँटी रडाको मच्चेको र छ -- अचेल त खै पर्बते नी हराईरस--तेस्री नी हराईरसे --किन र सम्धि?" बिस्टेले मुस्कान लुकाँउदै सोध्यो।

"हैन केई हैन यसै -- ऐले त मलाई राहुलभाई गुरु सम्झेर पनि जंग चल्न थालो बुझेउ सम्धि" जिम्मालको निरासामा रिस उम्रीए।

"किन र सम्धि? के गरे तारेमाम गुरुले?" बिस्टेले हुक्काको नली पुस्दै सोध्यो।

"उनी नी त्यै बे मा हिन्या रेसन बल्ल पो बुझ्दै छु -- अघि नै यतै बाट झर्दै थिए -- कहाँ सम्म हो गुरु भनेओ "तारेमाम--जे छ जिम्माल बोर फस हुनु छ--पैला पुग्नु छ ऐला सक्नु छ--तारेमाम्" भन्दै लागे"

बरा तारेमाम गुरु --पुरानो बोर फसे रोगले कैले छोडेन--अचेल थेगै जस्तो भैरछ सम्धि उनको त्यो बोर फस -- बोले पिच्छे बोर फस बोर फस भन्सन अनि तारेमाम त छ्दैस--अस्ति सान्नानीको नातीको बर्तमान थ्यो--सम्धि जरोले थलिएर पुग्न सक्नु भएन क्यार --त्यो बर्तमानमा राहुलगुरु जसलाई भेट्यो उसैलाई को बोर फस हँ भन्दै सोध्दै हिनी रा थे -- एउटैलाई सात चोटी सोधे छन--लास्टाँ त त्यो पनि पर्दा पछाडी पुगेर-- कसलाई भन न --सबिताकी नन्द कबिताकी मामाकि छोरी बबिताकी छोरी रमितालाई--ठीटी त "छिल्ल्या बुढा नाम रमिता भो रे मेरो भन्दैमा जुन बेला भन्यो त्यै बेला हेर्न आउने बोर फसको निउँमा?" भनेर उधुम गरी। त्यस्तो सोझो तारेमाम गुरुलाई बरा---"बिस्टेले कुरा सुनायो।

"अनि ---" जिम्माल कुरा उठाउँदै थिए बिस्टेले "ए ख्वात्तै ट्याम त चिप्लेछ यता सम्धि सअँ बात मार्दा मार्दै--भौतेले मार्ने भो अब पुरेत ले र आउनु भन्थो -- न हिने सके पुरेत अन्तै--

जिम्माल: म नी पन्नित हो पैले पैले त -- कत्तिको बे गराईयो कत्तिको-- के भन्छौ ए सम्धि? लाम त ईस्टकोट?

बिस्टे छक्क परेर हेर्छ-- जिम्माल जबाफै नकुरी लागे भित्र --एक छिन पछि सिन्दुरे टिका, गेस हु को जिन प्यान्स, जिम्माल रक्स लेखेको टिसर्ट अनि त्यस्को माथि इस्टकोट, अनि छडके टोपीमा जिम्माल सजिएर बाहिर निस्किदा त बिस्टे सके सम्म छिटछिटो लौरो घिसार्दै बाँसा झ्याङ्ग कटि सके छन --"

Read Full Discussion Thread for this article