Posted by: bikash kc June 18, 2008
Ramraja Prasad Singh as the president of Federal Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        

http://www.hamroblog.com/?p=291#more-291

 

रामराजाप्रसाद िसंह किन ?

रामराजाप्रसादल िसंह हाम्रा पुस्ताका लागि विराना भएपनि उनी अहिले राष्ट्रपतिका उम्मेदवारका रुपमा चर्चामा छन । युवाकाल भारतमा बसेर बृद्धकाल नेपालमा विसाउन आएका िसंहका लागि माओवादी जे गर्नपनि तयार देखिएको छ । माओवादीका लागि सरकारशक्ति सबै रामराजा नै बनेका छन । २०४२ सालको बम काण्डमा प्रमुख योजनाकार रहेका उनी लामो समय भारतमा बसेर लोकतान्त्रीक आन्दोलन सफल भएपछि मात्र नेपाल फर्किएका हुन । भारत भ्रमणमा गएका नेपाली पत्रकारहरुले उनको बारेमा समाचार प्रकाशन गरेपछि मात्र नयां पुस्ताले उनको नाम सुनेका थिए । समाचार लेख्दा पत्रकारहरुले नेपालका प्रथम गणतन्त्रवादी नेताको रुपमा उनलाई दिएको परिचय नै अहिलेसम्म उनको परिचय बन्न पुगेको छ । तर कुन आधारमा उनी पहिलो गणतन्त्रवादी नेता हुन त्यसको पुष्टी सायद उनले पनि गर्नसक्दैनन होला । आखिर किन होला माओवादी अहिले रामराजाको माला जपि रहेको मैले उनमा केही गुणहरु देखेको छु । सायद यही भएर होला कि ?

  1.  नागरिकता नेपाली राष्ट्रियता भारतिय ।
  2. भारतका लागि जे गर्नपनि तयार ।
  3. राष्ट्रिय मेलमिलाप भन्दै भारतका तत्कालीन प्रधानमन्त्री इन्दीरा गान्धीको नेपाललाई सिक्कीमिकरण गर्ने प्रस्ताव अस्विकार गरी नेपाल फर्किएका कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाको मृत्युसंगै प्रजातन्त्रका लागि शान्तिपुर्ण आन्दोलनमा होमिएको कांग्रेसको सत्याग्रह भाड्न बम पड्काएर २०४२ मा आउने प्रजातन्त्रलाइ ४ वर्ष धकेल्न सफल ।
  4. सहयोगि विना एक वित्तापनि सर्न सक्के शारिरिह क्षमता नभएपनि स्वस्थ ब्यक्तिको उपमा पाउन सफल ।
  5. राष्ट्रिय जनवादी मोर्चा नाममा संविधान सभामा होमिएपनि प्रत्यक्ष निर्वाचन र समानुपातिक दुबैमा सुन्यमा आउट भएर पनि नागरिक समाजको नाममा माओवादीको आर्शिवाद पाउन सफल ।
  6. २००८ सालदेखी नेपालमा गणतन्त्रको मुद्धा उठेपनि २०४२ मा बम पड्काएको आधारमा नेपालको पहिलो गणतन्त्रवादी नेताको पगरी पाउन सफल भाग्यमानी ।
  7. भारतका लागि नेपाललाई सिक्किमीकरणका लागि सबैभन्दा सहज पात्र ।
  8. नेपाल भन्ने राष्ट्रका लागि भारतद्धारा प्रस्तावीत एक मात्र राष्ट्रपतिका उम्मेदवार र माओवादीका लागि सत्ता चढ्ने र सरकार चलाउने सहज भर्यागं ।

 

Last edited: 18-Jun-08 01:29 AM
Read Full Discussion Thread for this article