Posted by: pyaari kt June 17, 2008
Prachanda to be conferred Peace Awards
Login in to Rate this Post:     0       ?        

माओवादीद्वारा विद्यार्थी कुटपिट

सुरेन्द्र सुवेदी

संखुवासभा, असार २ - मादिराम्बेनी- ५ स्थित मादी बहुमुखी क्याम्पसमा अध्ययनरत ५ विद्यार्थीलाई म्ााओवादी कार्यकर्ताले कुटपिट गरेका छन् । तीमध्ये एकको अवस्था गम्भीर छ । आइतबार बेलुकी साढे ६ बजे माओवादी जिल्ला सदस्य दावा शर्ेपाको नेतृत्वमा खुकुरी, लाठीसहितका घरेलु हतियारधारी ५०/६० को समूहले विद्यार्थीमाथि कुटपिट गरेको हो ।

माओवादी कुटाइबाट मादिराम्बेनीका नवीन दाहाल, रोशन दाहाल, महेश दाहाल, सुमन दाहाल र भोजपुरका मोहन गुरुङ  घाइते भएका हुन् । उनीहरू सबै २० देखि २२ वर्षा हुन् । घाइतेमध्ये नवीनको अवस्था गम्भीर छ । घाइते रोशन दाहालका अनुसार घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । नवीनलाई उपचारका लागि सदरमुकाम ल्याइ“दैछ । मादिमूलखर्क चौकीबाट गएको प्रहरी टोलीलाई माओवादी कार्यकर्ताले आक्रमण प्रयास गरेका थिए । माओवादी धम्कीपछि घटनास्थलबाट प्रहरी पछि हटेको थियो ।

माओवादीले आइतबार बिहान स्थानीय नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक डमरु दाहालको घर घेराउको विरोध गरेको भन्दै अनेरास्ववियुका विद्यार्थीमाथि आक्रमण गरेको अनेरास्ववियुका अध्यक्ष्ँ एरबहादुर तामाङले बताए । मादी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले प्रअ दाहालमाथि भएको घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेका थिए । त्यसपछि माओवादीले आफ्ना सदस्यलाई कुटपिट गरेको अनेरास्ववियुले जनाएको छ ।

माओवादी र एमाले जिल्ला नेतृत्वबीच हिजो अपराह्न सदरमुकाम खा“दबारीमा भएको छलफलमा जिल्लामा एकअर्कामाथि आक्रमण नगर्ने र समन्वय गरी अघि बढ्ने र मादिराम्बेनी घटनालाई सामान्यीकरण गर्ने सहमति भएको थियो ।

सहमतिको १ घन्टा बित्न नपाउ“दै एमाले निकट विद्यार्थीलाई माओवादीले आक्रमण गरेको एमाले जिल्ला कमिटीले विज्ञप्तिमार्फ जनाएको छ । माओवादीका सचिव नवीन, एमालेका उपसचिव जेबी घिमिरे, सदस्य खड्ग र्राई र मुरारी खतिवडाबीच यस्तो सहमतिपछि आफ्ना कार्यकर्ता कुटिएको भन्दै एमालेले विज्ञप्तिमार्फ माओवादी व्यवहारको निन्दा गरेको

छ । कुटपिटको विरोधमा अनेरास्ववियुले आन्दोलन घोषणा गरेको छ । मादी क्याम्पस र विद्यालय सोमबार बन्द गरिए । स्थानीयले मादी बजारमा सोमबार दिनभर पर््रदर्शन गरे ।

नेपाल राष्ट्रिय निमाविका प्रअ डमरु दाहालले बालिकामाथि अभद्र व्यवहार गरेको भन्दै माओवादीले उनको घर घेरेका थिए । दाहाल सर्म्पर्कमा छैनन् । उनले दर्ुर्व्यवहार गरेको भनिएकी बालिकाले आफूलाई केही नगरेको भने पनि माओवादीले एमाले निकटका शिक्षक, विद्यार्थी र स्थानीयलाई कुटपिट गर्दै आतंकित पारिरहेको एमालेले जनाएको छ ।

'माओवादीबाट प्रेस असुरक्षित'

कास

र्सलाही, असार २ - नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले माओवादी नेताका प्रेसप्रतिको व्यक्त भनाइले पत्रकारिता जगत् असुरक्षित रहने संकेत देखिएको बताएका छन् ।

पत्रकारिता विकास प्रतिष्ठानद्वारा शनिबार सा“झ मलंगवामा आयोजित सम्मान कार्यक्रममा झाले माओवादी नेताका व्यक्त धारणाले पत्रकारका लागि भोलिका दिन चुनौतीपर्ूण्ा हुने सम्भावना बढेको बताए ।

माओवादीका वरिष्ठ नेता मोहन वैद्यले शुक्रबार रेडियो नेपालको एक कार्यक्रममा अहिलेको पत्रकारिता र माओवादीको पत्रकारिताप्रतिको सोचाइको बीचबाट पत्रकारितालाई लैजानर्ुपर्ने जस्ता धारणा व्यक्त हुनुले सञ्चार जगत् अझै असुरक्षित रहेको बताए ।

पत्रकार सुरक्षित नभए कुनै नागरिक पनि सुरक्षित हुन नसक्नेतर्फसबैलाई सजग हुन उनले आग्रह गरे । माओवादीलाई स्वतन्त्र प्रेसप्रतिको आफ्नो धारणा छिट्टै र्सार्वजनिक गर्न उनले आह्वान गरे ।

 

Aba diu Prachande laai peace award saathi ho....

Read Full Discussion Thread for this article