Posted by: fucheketo June 16, 2008
आत्मा उज्यालो माग्दै थियो ।
Login in to Rate this Post:     0       ?        

भाग-२ बाट अघि,,,,,,

 

"त्यहाँ पुगे पछि मलाइ उसको रुपले यस्तरि तानि कि म  उसलाई सघाउन धारा बन्द गर्न गएको भनेरै बिर्सेँ ।"

"तँ त्यहा सघाउन पो गएको थिइस् ?" मैले ब्यङ्ग्य गरेँ । हर्के फेरि खिस्स हाँस्यो ।रमाइलो लाग्छ मोरोको हाँसो मलाई ! चन्द्रमा को प्रकाशमा उसको अनुहार हो कि हो कि जस्तो मात्र देखीएकोले मैले टर्च बालेर उसको अनुहार हेरेँ ,उसको खिस्स हाँसेको अनुहार ।

"के गर्छ यो ?"एक्कासि आँखामा प्रकाश परेकाले थोरै रिसाएँ झै गर्यो ।हुन त उसको आँखा दुख्ने गरी त मैले गरेको थीइन तै पनि उ थोरै झर्कियो ।

"केहि होइन !"मैले टर्च निभाएँ ,टर्च बाल्दिराख्नु उसको सलल बगिराखेको कथा रोक्नु झैँ हुन्थ्यो ,किन कि मान्छे रातमा ,अँध्यारोमा जति खूल्छ त्यति प्रकाशमा खुल्न सक्दैन मेरो बुझाईमाँ ,प्रकाश उद्विग्न हुन्छ जस्ले सपनाको जग पखालेर लान्छ त्यहि भएर सपना जहिल्यै रातमाँ देखिन्छ । भावनाको आँगन ,कल्पनाको बँगैचा जहिल्यै अँध्यारोमा गोडमेल हुन्छ ।

"साँच्चै बिर्सिस त ?"

"मैले जे देखेँ उसमाँ म बर्णन गर्न सक्दिन !"

"थोरै त अघि नै बर्णन गरिसकिस् त ! ।टि-शर्ट भित्रका आक्रिति हरु पनि धमिलो धमिलो गरि देखिन थालिसकेका रहेछन्। "म हाँस्न थालेँ जोड जोडले !रातको निस्तब्धतामा हामी दुइ आपसमैँ मस्त थियौँ ।

"त्यति मात्रै कहाँ थियो र ?परि थि परि बुझीस् ! रातो ओठ ,लिपस्टिक नलाए नै पनि लगाएझैँ देखिने ,गोरो अनुहार कपाल लामो कम्मर मा ठोक्किरहेको !"

"भनेपछि तैँले त्यत्ति नै खेर अनुहार देखि कम्मर सम्म हेर्न भ्याईस् चाँडो छस् तँ , अनि?"मैले उसकी उर्वशि ,मेनका को बर्णन बिचमा काट्दै सोधेँ ।

"उसले मसँग सहायता माँगेपछि मात्र म धरातलमाँ आएँ ,मैले धारा बन्द गरिँदे ।उ मुसुक्क मुस्काई !"

"तँ त मख्ख परिस होला है !"

"हर्के मुस्कानले मात्र मख्ख पर्ने भए त तँ र म मा के फरक छ र ? हर्के त मर्द हो मर्द ,उसको खुशि तराजुमा जोख्नु हो भने धेरै भारी हुन्छ बुझीस् ?कसैको फोटो हेरेर ,कसैलाई सम्झेर मन बुझाउन हर्केलाई आउँदैन । "उसले आफ्नो पुरुषार्थ पोख्यो ।किन मानिस सँधै वासना लाई आत्मसम्मान सँग जोड्दछन् ? अनि एक भन्दा धेर जना सँगको सम्बन्धलाई पुरुषार्थ सँग । के महिला सँधै ओछ्यान कै लागि मात्र हुन्छे ?के मेरो पर्स भित्रको कथा बिफल नै भए पनि प्रेम कथा होइन ?यहिँ आएर मेरो सत्य हर्केको सत्य सँग बाझीने गर्छ ।

"म पनि नामर्द होइन ।"मैले बिस्तारै भनेँ ,सानो आवाजमाँ ! मानौँ म मात्र मलाई बिश्वास दिलाउन चाहन्थेँ ।

"होइनस तँ पनि होइनस् !" उसले आफ्नो गल्ति सुधार्ने प्रयास गर्यो ।रुख का पातहरु बिचबाट उज्यालो चन्द्रमा हामी दुवैलाई नियाल्दै थियो ।सुकेका पात हरु खस्थे घरि घरि खस्रयाक खुस्रुक आवाज बडो रमाईलो आउँथ्यो हामीले कहिले काहिँ थोरै पाइला चलाउँदा पनि ।

"थ्यांक यु भनेर उसले चौतारोमा राखेका किताबहरु टिपी , अनि माइक्रो मा चडेर बाटो लागि ,पछाडि बाट समेत उसको रुपमा कुनै परिवर्तन देखीदैन थ्यो ।" छिचरो हाँसो हाँस्यो हर्के ।

"भनेपछि तेरो पहिलो भेट त्यत्ति मैँ सिध्धियो ?" मैले त्यो भेटको संक्छेप जान्न चाहेँ ।

"त्यत्तिनै हो शुरुको भेट त ,तर धेरै कुरा अनुमान को भरमाँ चल्नुपर्छ बुझिस ,जब केटिको कुरा आउँछ ।अनुमान सहि चाल सफल ,अनुमान गलत चाल असफल !"

"ए।।।।।।।।।।।" लाटोले जस्तो त्यत्ति मात्र भन्न सकेँ म ।एकछिन आफ्ना हराएका शब्दहरु यता उता खोजे जस्तो गरेर अडिएँ ।थोरै आफ्नो धरातल नापेँ ,गहिराईमा डुब्न खोजे आफुलाई खोज्ने प्रक्रियामा ! मात्र यति रहेछ सत्यता  मैले लगाएको अनुमान सहि थिएन रहेछ मैले निर्क्योल निकाल्न खोजेँ ।वा मैले मायालाई चालको रुपमाँ लिईन ,मैले त बिशुद्द माया गरेँ ,मात्र माया ,अनुमान रहित ,चाल रहित त्यहि भएर शायद म असफल भएँ मायाको मामलामा भन्दा पनि प्राप्ति को मामलामा ।माया त गर्नु थियो मैले गरेकै थिएँ ,सफलता असफलता त प्राप्ति मा न आउने हो ।

"के के अनुमान लगाइस त ?"हुन त उसका अनुमानहरुले मलाई प्रतक्छ्य रुपमा फाईदा पुर्याउनेछैनन् कहिल्यै तर पनि मैले सोधेँ ।

"पहिलो त उ कलेजकि केटी हुनुपर्छ भन्ने अनुमान लगाएँ ,कपि मात्र बोकेकि थिई उसले ,त्यो अनुमान ले मेरो खोज धेरै सजिलो बनायो ,दोस्रो त मलाई उसलाई खोज्न जानुपर्छ झैँ लागेन ,उ फेरि आउनेछे त्यहि चौतारिमा किनकि उ कलेज जान त्यहाँ बाट चढेकि होला भनेपछि त उ त्यतै कतै छेउछाउमै बस्छे होला ,यसले गर्दा मेरो तेस्रो अनुमानको पनि ढोका खुल्यो मैले त्यतिन्जेल सम्म उसलाई देखेको थिईन ,उ पक्कै धनकुटा मा नयाँ हुनुपर्छ ।"

उसले शरलक होम्सले झैँ एक एक गरेर रहस्यका पर्दा च्याते झैँ गरेर बिजयी स्वरमाँ भन्यो ।

क्रमश:

 

 

 

 

 

Read Full Discussion Thread for this article