Posted by: Nepe June 14, 2008
सपना, उकालो र आस्था।
Login in to Rate this Post:     0       ?        

"जब म कुनै समस्याको को समाधान पाँउदिन थें, म हाम्रो गाँउको यस्तै उकालो चड्न मन पराँउथे। त्यस्ले मलाइ केहि शक्ति दिएको जस्तो लाग्थ्यो र फर्किदा म केहि संयम हुन्थे। समस्या सङ जुध्न केहि साहस बढ्थ्यो।"

 

यो पढेर छक्क परें । म पनि कठीन क्षणहरुमा त्यस्तै उपाय अवलम्बन गर्ने गर्छु । फरक के भने मेरो उकालो चाही अक्सर काल्पनिक हुन्छ । कुनै कुरामा आँट नपुगिरहेको छ भने म मैले देखे-पढेको, अरुले फत्ते गरेका कठीन कामहरु सम्झिन थाल्छु । मेरो एकजना साथी छ । उ चाही अन्धकार रातमा छतमा उत्तानो पल्टेर खगोल हेर्न मन पराउँछ । विशाल ब्रम्हाण्डको दर्शनले उसलाई उसको जीवन र त्यसका समस्याहरुलाइ सानो देखाईदिन्छ रे ।

 

हुन त यस्ता कुरा मनोवैज्ञानिक आत्म-बार्गेनिङ हुन् । तर यीनले मद्धत गर्छन् ।

 

Nepe

Read Full Discussion Thread for this article