Posted by: Rahuldai June 14, 2008
Do you support Demand for a separate Gorkhaland in India???
Login in to Rate this Post:     0       ?        
स्वतन्त्र देश नेपाल को हरेक कृयाकलापमा त हस्तक्षेप गरी राखेका कामरेड सीता राम युचुरी र अन्य काम्रेड हरुले शासन गरी राखेको पश्चिम बंगाल सरकार ले न मान्ने छन राज्य टुक्राउन न त केन्द्र सरकार ले मान्ने छन। हिजो अस्ती मात्र तिनै बाम समूहको बाम मित्र माओवादी लाई सत्ता हस्तारण गरी दिएन भनेर आकश्मिक बैठक डाकेर गिरिजा प्रशाद को कटु आलोचना मात्र गरेनन मन मोहन सिंह माथि गिरिजा लाई दवाव दिन अनुरोध गरेका छन। यस्तो अवस्थामा गोर्खाल्याण्ड आन्दोलन सफल होला जस्तो लाग्दैन। हो १९८० को दशक मा भएको ससक्त आन्दोलनले केही पारीणाम ल्याउला जस्तो देखिएको थियो त्यती बेला। तर सुभाश घिसिङको असली रुप न चिनेका ले दु:ख पाएका हुन त्यता का गोर्खाली हरु ले। आन्दोलनको चरम बिन्दुमा आएर गोर्खा हिल काउन्सिल मा सम्झौता गरे। तर पछी स्पष्ट हुँदै गयो, घिसिङ त तत्कालिन ज्योति बसु को सरकार अस्थिर बनाउन इन्दिरा गान्धी को एउटा गोटिको रुपमा प्रयोग भएको थियो। अहिले को आन्दोलनमा बिमल गुरुङ छन नेत्रित्वमा। जती सुकै इमान्दार र प्रतिबद्ध भए पनि अहिलेको परिस्थिती बेग्लाई छ। तिनै बुद्ध देब भट्टाचार्यहरुको माइबाप ले नेपाल मा गोटी चलाई राखेका छन र संभवत तिनै को एउटा मोहरा शक्तिशाली प्रधान मन्त्री बन्ने छन नेपाल मा। नेपाली मन ले सहयोग गर्ने लाई पनि नाका थुन्ने छन। रामहरी हरुको नियती भोग्न सबै नेपाली तयार छैनन।
  
Read Full Discussion Thread for this article