Posted by: dipika02 June 13, 2008
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, हजुरहरु सँग सिकेकी मैले पनि। दाई हरु सँग "keep up नै गर्न नसकिने भयो give up गर्नु पर्ला फेरी तारेमाम" भनेर।
 
रबी, गीत को लागि धन्यवाद। मलाई पनि त्यो गीत सुन्योकी पुरानो दिनहरु याद आउछ
 
शुभ, कोही नपाएर दिदिलाई जिस्काउनु पर्छ है ? अस्ती चै प्लेट चाटि चाटि खाने अझ दिज्यु कस्तो मिठो भन्दै अहिले चै यस्ता कुरा तिम्रो अब त कुचो ले पिटेर पठाउछु खान आयौ भने
त्यो जिम्बु को झोल त खान सके पो खानु
 
बन्नो, त्यो fire truck को त कुरै नगर। त्यो त पहिलो incident, तेस पछी पनि अर्को दुई चोटि भएका थियो Management ले त फेरी भयो भने fine तिराउछु भनेर warning नै दिएको थियो
 
चेली हो नि मैले झ्याल बाट सुनिराहुन्थे। एक चोटि त इस्कुस खन्न भन्दा झन्डै पिटाइनै भेटेको थियौ नि आमाको jk
 
सुजाता, त्यो जिम्बु को सिशी रित्याएको अहिले सम्झिदा त हास उठ्छ तर त्यती बेलामा  कती रिश उठेको थियो।

कुम्ले दाई हो है केटाहरुको र केटी हरुको बस्ने तरिका फरक हुन्छ। हाम्रो अपार्ट्मेन्ट छेउमा ४ जना दाइहरु बस्नु हुन्थ्यो। जहिले खाने बेला भए पछी फोन गर्ने, के पकाएको हँ तिमीहरुले एकदम बास्ना आयो भन्दै। अब त्यती भनेपछी बोलाउन पनि करै लाग्ने, पछी त हामी पनि एही ग्रोसरी गर्छौ तिमीहरु पकाउन है रे। नाइ भन्न पनि कती गाह्रो हुने गरेर। सारीका बोलिको ठाडो थि "खुरुक्क आफ्नो मा पकाउने, हामी नोक्कर बसेको हो र?" भन्दी छे त्यहा देखी त खान त के फोन पनि आउन छोड्यो।
 
लहरे, देख्यौ त हाम्रो साथी हरु कस्तो दामी हुन्छन
अनी खुचिङ चै किन नि, तिमीलाई के था हामीहरुले रमाइलो पनि कती गरेका थियौ भनेर
अनी यस्मा क्रमश त छैन साथी, यही लेख्न त कति डराइ डराइ उस्ले मार्लि भनेर सोधि सोधि लेखिराछु, अरु त सिधै पुर्छे मलाइ जिउँदै खाल्डो मा
लहरे ले मलाई त ढुङ्गा रे

मुन्तलि, यो धागो मा स्वागत गरेँ र शब्दहरुको लागि धन्यबाद।

कलेजो, अहिले चै एक्दमै हसायौ। मैले त बिर्सिरा त्यो कुरा। उस्ले बिचरि कति मेहेनत गरेर मेरो बिर्थ डे मा मलाइ सर्प्राइज दिन सबैलाइ बोलाकि थि नि के के पकाएर। तेहि बेलामा हो क्या रे egg curry मा egg नै नहालेकि
 
सरु भक्त ज्यु सधै झै प्रेरणा को लागि धेरै धेरै धन्यबाद।
 
नेप्चु, हुन पनि हो है सबै नमुनै नमुना छन् मेरा साथिहरु। खास् यि कुराहरु तर नमुनाहरु सँग एक्दम रमाइलो हुन्छ। हावा कुरा गर्न पनि सजिलो हाँस्न पनि। समय एक्दम् छिटो कट्छ उनिहरु सँग, फेरि मनको एक्दम सफा हुन्छन, केहि देखावटि हुदैन 
सबै पाठकहरुलाई आफ्नो किम्ती समयकोलागि  धन्यवाद।
दिपिका
Read Full Discussion Thread for this article