Posted by: gemmi_auj June 13, 2008
Madhav K Nepal- Next President of Nepal
Login in to Rate this Post:     0       ?        

फेरि देखाइयो माधवलाई सपना


धेरैबाट धेरै प्रकारका सपना देखाइँदै धोका खाँदै आउनुभएका नेकपा एमालेका शीर्षस्थ नेता माधवकुमार नेपाललाई यसपटक राष्ट्रपतिको सपना देखाइएको छ। गत वर्ष गणतन्त्रसँग सम्बन्धित विषयमा एउटा प्रस्ताव पारित गर्ने क्रममा नेकपा माओवादीका अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्री बनाइने आश्वासन पाउनुभएका माधव नेपालले यसपटक प्रचण्डबाटै राष्ट्रपति बन्न 'अफर' पाउनुभएको छ।  गत सोमबार प्रचण्डले माधव नेपाललाई भेटी वामपन्थी एकताको आधार बलियो बनाउने तर्कसहित राष्ट्रपति बन्न 'विधिवत' प्रस्ताव गर्नुभयो र नेपालले यसलाई सहर्ष स्वीकार गर्नुभएको बुझिएको छ। प्रचण्डको प्रस्तावपछि माधव नेपालले 'कि गिरिजाप्रसाद कोइरालाजी नै राष्ट्रपति बन्नुपर्योस, होइन भने मलाई समर्थन गर्नुपर्योप' भन्ने गर्नुभएको छ। आफूलाई बेबकुफ बनाउनका लागि मात्र यसप्रकार राष्ट्रपतिको 'अफर' गरिएको हेक्का पाउन नेपालले सक्नुभएको छैन।  विगतमा राजाबाट पटक–पटक प्रधानमन्त्री बनाइने आश्वासन पाउँदै ढालिँदै गरिनुभएका माधव नेपाल लोकतन्त्र स्थापनापछि माओवादीबाट उचालिने र पछारिनेमा पर्न थाल्नुभएको छ। यसअघि अन्तरिम संसद्बाट गणतन्त्रसम्बन्धी एक निर्णय गरिनुअघि पनि एमालेलाई काङ्गे्रसबाट टाढा पुर्याोउन माधव नेपाललाई प्रधानमन्त्री बनाइने अफर दिइएको थियो। त्यसबेला माओवादीको प्रस्तावमा समर्थन जनाउने निर्णयले एमालेलाई विवादमा ल्याएको भए  पनि प्रधानमन्त्री बनाइने आश्वासनले माधव नेपाललाई उत्साही तुल्याएको थियो। तर उहाँ प्रधानमन्त्री बन्ने सन्दर्भ 'हात्ती आयो फुस्सा' भनेझैं भएको थियो। अहिले पनि माओवादीको उच्च प्राथमिकतामा रामराजाप्रसाद सिंह परेका छन्। अर्कोतिर एमाले महासचिव झलनाथ खनाल सहाना प्रधानलाई राष्ट्रपति बनाउने चक्कर चलाउँदै हुनुहुन्छ। संविधानसभाको निर्वाचनमा माधव नेपालप्रति अत्यन्त निर्मम बनेको नेकपा माओवादी अहिले कुन रहस्यका कारण आफूलाई राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारीका लागि अफर गर्दैछ भन्ने नसोची त्यसको प्रभावमा पर्नुले माधव नेपाल कति 'इनोसेन्ट' हुनुहुँदोरहेछ भन्ने तथ्यको खुलासा गरेको छ।
(weeklynepal.com)
Read Full Discussion Thread for this article